‘ग्याल्पो ल्होसार फागुन २८ गते होइन’ भन्दै सरकारको ध्यानाकर्षण

ताप्लेजुङ – यस वर्ष फागुन २८ गते सोमबार ग्याल्पो ल्होसार परेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । तर, शेर्पाहरूको महान् चाड २१५१औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिन नै परेकाले नेपाल सरकारले गलत मितिलाई उल्लेख गर्दै बिदा दिएको र मनाउन लगाएको भन्दै नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ र मातहतको भातृ संघसंस्थाले प्रमुख […]

गायीका एलिना नरम बोलेर कडा गाए हुन्न र ?

काठमाडौं – भनाई नै छ, ‘उम्लियो भने पोखिन्छ ।’ त्यसै भन्न मिल्छ गायिका एलिना चौहानको पछिल्लो घटनालाई । एउटा गायक÷गायीकालाई चर्चित बनाउन हरेकको भूमिका हुन्छ । अझै स्टेज कार्यक्रममा त साउण्ड सीस्टमको भूमिका ५० प्रतिशत भन्दा बढी नै हुन्छ कार्यक्रमलाई सानदार बनाउन र स्टेज चढेर बोल्ने र गीत गाउनेका लागि । जहाँ प्राविधिकहरूले महत्त्वपूर्ण भूमिका […]

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा उपकरण र विषेशज्ञसहितको सेवा लिएर जाँदै एक एक पाइला नेपाल

काठमाडौं – एक एक पाइला नेपालले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञसहितको निःशुक स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । फागुन २९ देखि १ गते सम्म ३ दिन सञ्चालन हुने उक्त शिविरमा सबै प्रकृतिको परीक्षण, उपचार र सेवा दिइने आयोजक संस्थाले जनाएको छ । गाउँपालिका र वडा–वडा सँग समन्वय गरेर सञ्चालन गर्न लागिएको उक्त शिविरका लागि यस […]

सरकारले सार्वजनिक गर्‍यो थप २ हजार ६७४ जनासहित ‘सहिदको नयाँ सूची’

काठमाडौं । सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो । लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले उनीहरुलाई सहिदको सूचीमा समावेश गरेको हो । गत पुस २४ गतेको […]

जब रुसी सेनाबाट भागेर नेपालको घर पुगे राजेन्द्र…

उदयपुर । रुसी सेनाबाट भागेर स्वदेश फर्किएका उदयपुरको त्रियुगा नगरपालिका ११ का ४२ वर्षीय राजेन्द्र दाहाल घर पुगेका छन् । आफूसँगै रुस गएका पाँच जना नेपालीमध्ये तीन जना युद्धमा मारिएपछि भागेर नेपाल फर्किएको उनले बताएका छन् । भाग्न खोज्नेलाई रुसी सैन्य अधिकारीले पासपोर्ट, मोबाइल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गरेको उनको भनाइ […]

बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ३५ जनाको उद्धार

धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ […]

पाथीभरा जाने बन्यो नयाँ बाटो

ताप्लेजुङ– फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए । […]

विपिनलाई छुटाउने नेपालको कूटनीतिक प्रयास किन असफल भइरहेको छ ?

काठमाडौं । कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परेको पाँच महिना पुग्नै लाग्यो । नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुटेनन् । त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन । आगामी सोमबार रमादानको अवसर पारेर फेरि युद्धविराम गर्ने तयारी भइरहेको छ, विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छ ? […]

भव्य बन्यो ताप्लेजुङ वनभोज २०८० (फोटो फिचर)

काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० शनिबार भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको मन्थली चौर गुण्डुमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आयोजना गरेको वनभोज विभिन्न औपचारीक, अनौपचारिक र मनोरञ्जनात्मक कार्यक्रमका बिच भव्य रूपमा सम्पन्न भएको हो । बिहान ७ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । केही संक्षिप्त मन्तव्यसहितको औपचारिक […]

यसरी हुँदैछ काठमाडौंमा ‘देशकै ठूलो’ ताप्लेजुङ वनभोज

काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आगामी शनिबार (फागुन १९ गते) हुने वनभोजका लागि आर्थीक र यातायातसहितका सबै तयारी पुरा भएको जनाएको हो । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा