संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

काठमाडौं । संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो […]

सिंहदरबार प्रवेशको नयाँ नियम : सुहाङ असन्तुष्ट, प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण

काठमाडौँ । सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण गराएका छन् । कानुन व्यवसायीलाई नागरिक एपमार्फत गेट पास अनिवार्य बनाउने व्यवस्थाले कामकाजमा जटिलता ल्याएको भन्दै उनले उक्त व्यवस्था पुनर्विचार गर्न आग्रह गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले हाल लागू गरिएको व्यवस्था […]

प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन […]

संविधान संशोधन बहसपत्र तयारीका लागि सक्रिय कार्यदल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले काम सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ अनुसार उक्त कार्यदल गठन गरिएको हो। उक्त कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, […]

प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ । बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ । साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने […]

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा […]

आजदेखि मतदाता नामावली संकलन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम […]

संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं