पाथीभरामा केबलकार निर्माण : ‘वार्ता र काम सँगै गर्ने’

फुङ्लिङ (ताप्लेजुङ) – ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको […]

वसन्त पञ्चमी आज, सरस्वतीको पूजाआराधना गरिँदै

काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ […]

ताप्लेजुङ समाजले ल्होसार मनाउने, बुबाहरू सम्मान गर्ने, छमछम नचाउने

काठमाडौं – प्रत्येक वर्ष नेपालीले मनाउने मौलिक चाड पर्वको रक्षा र ताप्लेजुङको सांस्कृतिक पहिचानको प्रचारका लागि ताप्लेजुङ समाज नेपालले काठमाडौंमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष भने फागुन ५ गते शनिबार ल्होसार पर्व २०८० आयोजना गर्ने तयारी भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसवर्ष बौद्ध संस्कृति परम्परा अनुसार ल्होसार पर्व […]

शान्ति मिसनमा योगदान गर्ने सबैभन्दा ठूलो देश नेपाल

काठमाडौं – नेपाल राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै योगदान गर्ने पहिलो ठूलो देश भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको वरियता अनुसार विश्व शान्तिका लागि सुडान, लेबनान र कंगो लगायत द्वन्द्वग्रस्त १२ देशमा खटिँदै आएको नेपाली सेना तथा प्रहरी विश्वमा पहिलो देश भएको हो । सन् १९५८ देखि शान्ति मिसनमा नेपाली सेना खटिँदै आएको छ […]

विपिन जोशी हमासको नियन्त्रणमा रहेको ३ महिना पूरा, कहिले होलान रिहा ?

काठमाडौं – नेपाली नागरिक विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको आज तीन महिना पुगेको छ । हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका बन्दी मध्येका एक विपिनको रिहाइका लागि नेपालले गरेका प्रयास अझै सफल हुन सकेका छैनन् । यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा गत २४ घण्टामा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ । […]

कस्तो पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

काठमाडौँ – महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् । हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड […]

किन गोत्र थर हुँदैन ? किन थर गोत्र हुँदैन ?

करोडौं वर्ष पुरानो मानव सभ्यता अनेक उतारचढावका बीच निरन्तर छ। हिजोआज थरलाई जात मानेर आरोप–प्रत्यारोप चलिरहेको छ। प्रकृतिले मानवलाई एक जात बनायो तर समाज र वंश परम्पराले आफ्नो संस्कार र संस्कृति निरन्तर लाने क्रममा मानवभित्रै अनेक अभ्यास भए र अनेक थरी मान्छे अनेक जाति भनेर चिनिन सुरु गरे। तर ती सबै परिचयका लागि बनाइएको थर […]

मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता लाग्छ : ओली

झापा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे । आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक […]

भन्सारबाटै कता हराए सुनै सुनका ७३० भेप ?

काठमाडौं – अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ। त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन। त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो। तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति […]

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा