भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो […]

ताप्लेजुङमा कोरोना नियन्त्रण गर्न पौने ३ लाख रुपैयाँ बढी खर्च

ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्थित कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले हालसम्म पौने तीन लाख रुपैयाँ बढी खर्च गरेको जनाएको छ । समितिले साउन मसान्त सम्ममा दुई लाख ८२ हजार ९१० रुपियाँ खर्च गरेको छ । समितिका सदस्य–सचिव समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको क्रियाकलापमा खर्च गरेको जानकारी दिए । प्रजिअ […]

प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेर ३५ मिनेटमा धरान ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ रिपाेर्ट आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना […]

काठमाडौं आइपुगे दुबईमा अड्किएका २६२ नेपाली

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट […]

काठमाडौंमा बिहान पसल खुल्न पाउने, प्रशासनले जारी गर्‍यो नयाँ सूचना

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने लगायतका नियमसहितकाे नयाँ सूचना जारी गरेकाे छ। साे सूचनाअनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने बताएको छ। ‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, […]

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय […]

कोरोना देखिएपछि बिर्तामोडको रत्न सुपर मार्केट शिल

झापा । झापाको विर्तामोड –५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि विर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरिएको छ । समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको नगरपालिकाले जनाएको छ । संक्रमीत परिवार सुपर मार्केटको व्यापारी रहेको जनाइएको छ ।

प्रदेश १ मा कोरोना : विराटनगरमा ४२ सहित ७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र […]

प्रदेश राजधानीमै बढी संक्रमण, कहाँ चुके तीन तह ?

विराटनगर । संघीय सरकारले चैत ११ देखि साउन ७ सम्म गरेको लकडाउनमा विराटनगरमा ३३ जना मात्रै कोरोना संक्रमित थिए। लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो। विराटनगर अहिले प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भएको सहर बनेको छ। संक्रमित बढेपछि महानगरले लकडाउन घोषणा गर्‍यो तर प्रहरी प्रशासनले साथ नदिँदा लकडाउन प्रभावकारी बनेन। मुख्य सडक र बजारका […]

कक्षा १२ को परीक्षाबारे ५ मोडालिटीमा छलफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा