काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसारआज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज दिउँसो एक बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ […]
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शनिबार दिउँसो बस्दैछ। एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो। शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका तय भएपनि १ बजेसम्मका लागि समय सारिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा १५ वटा कार्यसूचीमाथि […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]
काठमाडौं । नेकपा एमालेको १०औ महाधिवेशनबाट योगेश भट्टराई सचिव पदमा निर्वाचित भएका छन् । चितवनको सौराहामा मंगलबार सम्पन्न निर्वाचनमा भट्टराईले सचिव पदमा १९६० मत प्राप्त गर्दै विजयी बनेका हुन् । यस्तो छ सचिव योगेशको जीवन यात्रा २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय […]
चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन पुग्ने क्रम सुरु भएको छ । महधिवेशनका लागि पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन पुगेका छन् । महाधिवेशन तयारीका लागि आजै महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पार्टी […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् । अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा […]
काठमाडौं । नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा भएको छ । १५ वर्ष अगाडि आजकै दिन तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए । विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेको शान्ति सम्झौताका […]
पाँचथर । पाँचथरमा माध्यामिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप)लाई ३२ मत अन्तरले हराउँदै जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं ४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ पाँचथर प्रदेश क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनी […]
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सचिवमै आफ्नो दाबी स्वाभाविक रहने बताएका छन् । उपाध्यक्ष पदमा आफूले दाबी गर्ने बेला नभएको र त्योभन्दा तलको पदमा आफूभन्दा ‘सिनियर’हरू रहेकाले सचिवमै दाबी रहने उनले बताए । एमालेको विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता र एक वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव पदाधिकारी रहन्छन् । […]