कोशी नाम स्वीकारेनन्, पहिचान आन्दोलन छाडेनन्

विराटनगर । ‘खराब नाम आउनुभन्दा अर्को सांसदलाई जिम्मा दिनु राम्रो।’   प्रदेश १ को नामकरणको बहस उत्कर्षमा पुगेका बेला तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले राखेको यो अडान केवल एउटा राजनीतिक अभिव्यक्ति थिएन, पहिचानको मुद्दामा आफ्नो दृष्टिकोण स्पष्ट पार्ने प्रयास पनि थियो। प्रदेशको नाम के राख्ने भन्ने विषयमा  बहस चर्किरहेको थियो। दिनै जस्तो पहिचान पक्षधरहरूले पहिचानसहितको नाम माग […]

मुख्यमन्त्री सम्मेलनमा प्रधानमन्त्रीलाई छैन निम्तो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा नगरिने बताएका छन्। असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यसअघि २०८० सालमा गण्डकी प्रदेशको पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गरेका थिए। […]

कोशीमा अब सरकारी कामकाजको १४ भाषा, फाल्गुननन्द जयन्तीबाट कार्यान्वयनमा आउने

विराटनगर । ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित भएकाे छ । विधेयक पारित भएसँगै अब नेपालीसहित १४ वटा भाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाएका छन् । सभामुख अम्बरबहादुर विष्टले विधेयक पारित भएसँगै प्रदेशमा १४ वटा भाषाले सरकारी कामकाजको कानुनी मान्यता पाएको बताए । काेशीमा नेपालीका अतिरिक्त […]

एमालेद्वारा १३ जना केन्द्रीय सदस्य मनोनयन

काठमाडौं । नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन्। मनोनित केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छः १. तेजेन्द्र केसी २.मीनप्रसाद गुरुङ ३. सिर्जना राई ४. पुष्पा केसी भण्डारी ५. सावित्रा अर्याल ६. इन्दु […]

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ सुरु गरिएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार तीन स्थानमा मतगणना भइरहेको छ । प्रत्येक मतगणना स्थलमा हरेक उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ । यसअघि शुक्रबार […]

कोशी प्रदेशसभाको चालु अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य हुने भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य हुनेछ । प्रदेश […]

राई भाषालाई पनि काेशीमा सरकारी कामकाजको भाषामा समेट्न माग, प्रदेशसभा घेराउ

विराटनगर । कोशी प्रदेशमा राई भाषालाई पनि सरकारी कामकाजको भाषामा समेट्नुपर्ने माग राख्दै किरात राई यायोक्खाले आज (शनिवार) कोशी प्रदेशसभा घेराउ गरेकाे छ । विराटनगरमा जारी किरात राई यायोक्खाको महाधिवेशनमा भेला भएकाहरूले प्रदेशसभा जारी रहेको समयमा आज घेराउ गरेका हुन् । भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन […]

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झण्डै चार दशकपछि काँग्रेसको नेतृत्वमा पुगेका हुन्। नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । विसं २०४८ मा नेपाल विद्यार्थी संघ ९नेविसंघ० काठमाडौँ वडा नं […]

नेकपाका युवाको काँधमा महानगरको नेतृत्व

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विराटनगर महानगरमा युवा नेतृत्व पाएको छ ।  विराटनगरमा सङ्गठनात्मक नेतृत्वमा युवा नेतालाई जिम्मेवारी दिएपछि नेकपा विराटनगरका नेता कार्यकर्ता पनि उत्साहित भएका छन् ।  पार्टीको मोरङ जिल्ला कमिटीको बैठकले देवा यादवलाई महानगर इन्चार्ज र राजेन्द्र सुवेदीलाई महानगर संयोजकको जिम्मेवारी तोकेको हो ।  पोलिट व्यूरो सदस्यसमेत रहेका युवा नेता वसिम […]

कांग्रेस सभापतिमा गगन थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा सभापतिमा विजयी भएका छन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। थापाले कुल सदर मतको आधारमा भारी मतान्तरसहित सभापति पदमा विजय हासिल गरेका हुन्।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं