देशभर आङ्शिकदेखि सामान्य बदली हुने

काठमाडौं – देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मनसुनको […]

करेन्ट लागेर पाँचथरमा जीवनको मृत्यु, एक घाइते

पाँचथर – यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । […]

भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

इलाम – रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय […]

अछाममा पहिरोले घर पुर्‍यो, एकै परिवारका ३ को मृत्यु

अछाम – पहिरोले घर पुरिएर अछाममा ३ जनाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पुरिँदा सुतिरहेका ३ जनाको मृत्यु भएको हो । उनका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको अछामका डीएसपी नारायण डागीले जानकारी दिए। उनका अनुसार काकी नैना विष्ट गम्भीर घाइते भएकी छन् । […]

विराटनगरमा भारतबाट आउँदै कार्गो रेल, आर्थिक व्ययभार घट्ने

विराटनगर – भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा […]

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली – करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व […]

कचनकवल घटना : धान रोप्न भन्दै हिँडेका ३ किशोरीको शव जब देखियो रूखमा, घटना शंकास्पद

झापा – कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। […]

तीन किशोरी झुण्डिएको अवस्थामा फेला, के भएको हो घटना ?

झापा – दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश […]

प्रदेश १ : प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ […]

साझा धार्मिकस्थल पाथीभरा, जान झनै सजिलो, बोक्न नभुल्नुहोला क्यामरा

ताप्लेजुङ – पाथीभरा माताको नाम लिनसाथ कसको माथ नझुक्ला र ? अनि थोरैमा पनि जीवनमा एक पटक दर्शन गर्ने चाहना सबैको हुन्छ । दसैँको छुट्टी होर या अन्य जुनै समय समूद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न जानेको लहर लामै हुन्छ । बिहानदेखि बेलुकासम्ममा दैनिकजसो १ हजारभन्दा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं