जब प्रदेश सांसद साँवाले संसदमै गुहार, गुहार भने…

विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए । उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् । उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए […]

ताप्लेजुङ-पाँचथर सडक खण्डको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

ताप्लेजुङ – तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । भत्किएको जमिनको बाँकी […]

सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको […]

पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी, के के भित्रिँदै छन् ?

झापा – पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० […]

विश्वभर फैलियो मंकीपक्स, डब्लुएचओद्धारा स्वास्थ्य आपत्काल घोषणा

बीबीसी – विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन् । अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा […]

विश्वका ५६ करोड ८६ लाख ९६ हजारमा कारोना, कुन देशमा कति ?

काठमाडौं – जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड – १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत – ४३,८४७,०६५ फ्रान्स  – ३३,६२१,३१० ब्राजिल  – ३३,५५५,५२६ जर्मनी  […]

प्रेस युनियनको महाधिवेशनमा के हुँदैछ ? को-को भए निर्विरोध ?

काठमाडौं – नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]

एक हप्तादेखि उदयपुरको त्रियुगा नगरपालिका किन भयो ठप्प ?

उदयपुर – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु […]

पुष्पलालको शालिकमा ओलीले गरे माल्यार्पण (फोटोफिचर)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्। ४४ औँ स्मृति दिवस अवसरमा अध्यक्ष ओली लगायतका नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गरेका हुन्।   नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको […]

ताप्लेजुङमा श्रीमानको कुटपिटबाट कान्छीमायाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं