मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो

भद्रपुर – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०-८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड […]

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

चितवन– स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य […]

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्वीर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स-साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ । यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक […]

पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

मुग्लिन– पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् । मेसिन तयारी […]

हुम्ला सर्केगाडका उपाध्यक्ष कार्कीको निधन

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा दुर्घटना हुँदा सख्त घाइते भएका कार्कीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको […]

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी– अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले […]

नेपालगञ्ज रंगशालामा : एक महिनामै उप्कियो ‘सेन्थेटिक ट्रयाक’

जानकी – बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् । नेपालगञ्ज […]

किन लगाइन्छ जनै र रक्षा बन्धन ?

काठमाडौं– आज जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । विशेष गरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिसँग धार्मिक रूपमा जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पूर्णिमा जोडिएको पाइन्छ । यद्यपि पछिल्लो समय अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । वर्षमा एकचोटी आउने यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । घरमा जन्म वा मरणको […]

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनः सञ्चालन

काठमाडौं– सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो । बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा