काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना र सञ्चालन शैलीलाई पुनरावलोकन गर्दै व्यापक सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालैको चुनावी परिणामपछि नेतृत्वको नैतिक आधार कमजोर बनेको टिप्पणी गरेका छन्। मतदाताले मतपत्रमार्फत असन्तुष्टि व्यक्त गरिसकेको अवस्थामा सत्य बोलेको आधारमा कार्यकर्तामाथि कारबाहीको चेतावनी दिनु […]
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले भदौ २३-२४ का घटनासम्बन्धी कार्की आयोगले अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आयोगको निष्कर्ष अस्वीकार गर्ने स्पष्ट संकेत दिएका छन्। उनले भने, “हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन। यदि देखाइएको छ भने त्यो पूर्वाग्रहपूर्ण छ र […]
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ। शुक्रबार जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर को अध्यक्षतामा बसेको मोर्चाको मूल समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा साहको नेतृत्वलाई मतदाताले व्यापक समर्थन दिएको उल्लेख गर्दै उनलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउनु खुसीको […]
ताप्लेजुङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित क्षितिज थेबेले सोमबार प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गरेका छन् । चुनावमा निर्वाचित भएपछि आइतबार मतदातालाई धन्यवाद दिन सदरमुकाममा धन्यवाद र्यालीको आयोजना गरेका थेबेले सोमबार विहानै पाथीभरा पुगेर देवीको दर्शन गर्दै पाथीभरा क्षेत्रको अवलोकन गरेका हुन् । पर्यटन विकासका विषयमा आफ्नो प्रतिबद्धतामा पहिलो बुँदामा […]
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो […]
इलाम । इलामा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई पराजित गरेका हुन् । राईले १४ हजार ५४३ मत पाउँदा लिम्बुले १३ हजार ६३२ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत […]
विगत तीन दिन यता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना, उपाय, दृढता, जोसलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यों, पहल लिनु पर्यो भनेर […]
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिनेछ । हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ […]
म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी […]