प्रमोद तामाङ स्मृति पुरस्कार एपीवानकर्मी न्यौपानेलाई

विराटनगर । ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट यो वर्ष एपीवान टेलिभिजन झापा व्यूरो प्रमुख सुब्रत न्यौपाने पुरस्कृत हुने भएका छन् । नेपाल निजामति कर्मचारी संगठनद्धारा स्थापित उक्त पुरस्कार यो वर्ष टेलिभिजन कर्मी न्यौपानेलाई दिने निर्णय भएको संगठन झापाका अध्यक्ष केदार पोखरेलले जानकारी दिए । पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । […]

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङ बेलबारी ८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विश्वमा कोरोना : मृत्यु हुनेको संख्या साढे ८ लाख नाघ्यो, १९ हजार ८९४ संक्रमित थपिए

काठमाडौं। कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा साढे आठ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा चार हजार १६८ जनाको मृत्यु भएसँगै कुल संख्या आठ लाख ५० हजार १४९ पुगेको हो। वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५३ लाख ७७ हजार ७१० संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका […]

निजी विद्यालयलाई शुल्क लिन पाउने बाटो खुल्यो

काठमाडौं । विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न नसकेका केही […]

ललितपुर महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेथू

काठमाडाैं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ। ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको हो। हाछेथू २०७५ मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए।

कोरोना संक्रमणका कारण २४ घण्टामा १४ को मृत्यू

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार महिला समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ […]

प्रदेश १ मा कोरोना : ९५ नयाँ संक्रमित थपिए, मृतकको संख्या ३२ पुग्यो

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ९५ जना नयाँ संक्रमित थपिएका छन् । एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । परीक्षण गरिएकामध्ये एक हजार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये […]

प्रदेश १ मा आज भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार (आज) प्रदेश १ मा भारी वर्षाको संभावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ मा यो उच्च रहने बताईएको छ । विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन […]

उपचार भरी नेगेटिभ, मृत्यू पछि अन्त्येष्टि गर्न लैजाँदै गर्दा रिपोर्ट आयो पोजिटिभ

विराटनगर । विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा पीसीआर परीक्षण रिपोर्ट शनिबार दिउँसो पोजिटिभ आएको हो। त्यतिबेला परिवारका सदस्य र आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। सुरुमा […]

प्रदेश १ मा कोरोना : मोरङमा ४७ सहित १ सय १२ संक्रमित थपिए,

विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा