इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द

इटहरी । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सुचना नभएसम्मका लागि विद्यालयहरु बन्द गर्ने जनाएको हो । इनरुवाका केही विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेको नगरपालिकाका सुचना अधिकृत निरज पोख्रेलले जानकारी दिए । नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भिडभाड […]

भोजपुर गोल्डकप : खोटाङको विजयी सुरुवात

भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ । आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म १÷१ […]

भिटामिन ए र जुकाको औषधि वैशाख ६ र ७ गते खुवाइँदै

काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते […]

पाथीभरा केवलकार बनाउन जग्गामा चलखेल, ९० हजार रोपनीको जग्गा ९० लाखमा किनियो

विराटनगर । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएपछि विवादमा तानिएको हो । केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका ११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य […]

ताप्लेजुङमा परेको असिनाले तरकारी बालीमा करोडौको क्षती

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार दिउँसो परेको वर्षासहितको असिनाले करोडौ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । शुक्रबार दिउँसो तीन बजेबाट परेको असिनाले आलु खेतीका लागि प्रख्यात फुङ्लिङ नगरपालिका ९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षती पु¥याएको छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौं, गहुँ र तरकारीबालिमा सबैभन्दा बढी क्षती पु¥याएको स्थानीय कृषक समेत […]

चौतारीले गठन गर्यो केन्द्रीय सल्लाहकार समिति

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बैठकले सल्लाहकार समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई चयन गरेको छ । सल्लाहकार समितिमा प्रेस चौतारी नेपालका संस्थापक नेता, पूर्वअध्यक्ष र पदाधिकारीसहित बरिष्ठ पत्रकारहरु […]

प्रदेश १ मा कोरोना : थपिए १६ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना […]

पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालका पूर्वी नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा […]

प्रदेश १ मा कोरोना : विराटनगरमा थपिए १५ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको […]

ताप्लेजुङ साक्षर जिल्ला घोषणा हुँदै

ताप्लेजुङ। ताप्लेजुङलाई तिन महिना भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ । जिल्लाका नौ स्थानीय तहका प्रतिनिधिहरूले तिन महिना भित्र साक्षर बनाउन प्रतिबद्धता जनाएका हुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरूले २० असार अगावै आ–आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं