सुनसरीमा एक बालकको डुबेर मृत्यु

विराटनगर । सुनसरी हरिपुरमा तीन वर्षिय बालकको डुबेर मृत्यू भएको छ । स्थानीय धिरेन यादवका तीन वर्षिया छोरा सतिश कुमार यादवको डुबेर मृत्यु भएको हो । आइतबार साँझ ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा लडेर बेहोस भएका थिए । डुबेर बेहोस भएका उनलाई तत्काल उपराचारका लागि लैजादै गर्दा […]

मन्त्री योगेश भट्टराई विराटनगर आउँदै

विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि आज नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु अहिले विहान विराटनगर आउने कार्यक्रम तय भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विमानस्थलको विकास, […]

सरकारको नागरिकलाई अपिल ‘जहाँ छौं, त्यहीँ बसेर दसैं मनाऔं’

काठमाडौं । सरकारले यो वर्षको दसैं जहाँ छौँ, त्यही बसेर मनाउन अपील गरेको छ। दसैं अर्को वर्ष पनि आउँने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यस्तो अपील गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सबैलाई यस्तो अपील गरेका हुन्। प्रवक्ता गौतमले यो वर्षको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन […]

प्रदेश १ मा कोरोना : आइतबार ३६३ डिस्चार्ज हुँदा १७९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा […]

विमानस्थलको विकासमा प्रदेश १ सरकारसँग समझदारी गर्दै केन्द्र सरकार

विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । सोमबार प्रदेश १ को राजधानी विराटनगरमानै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा […]

विराटनगरका एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । आइतबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर महानगरपालिका– ९ का बासिन्दा हुन । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत उनको अवस्था गम्भिर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल […]

मोरङका दुई स्थानमा सवारी दुर्घटना, एक को मृत्यू, तीनको अवस्था गम्भिर

काठमाडौँ । मोरङको दुई फरक स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ५ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका १ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको […]

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाका कारण मृत्यु

कञ्चनपुर । जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो । गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको […]

प्रदेश १ मा हाल सम्मकै बढी संक्रमित थपिए, २४ घण्टामा २५५ संक्रमित

विराटनगर । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शनिबार सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा परीक्षण उडान, मन्त्री भट्टराईले गरे उद्घाटन र निरिक्षण

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थलनलाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ । बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो । विमानस्थलको अनुगमनसहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । धनगढी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा