सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउने छैन : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका छन् । प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन् । ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले […]

कोशी प्रदेश सभा: बजेटमाथिको सामान्य छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ । बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गरे । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको […]

हाम्रो गाडी एक्सप्रेस हो, गन्तव्य नपुगि ब्रेक लाग्दैन : बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले आफूले हांकिरहेको सरकारको गाडीबारे चिन्ता नलिन आग्रह गरे । सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए । […]

रास्वपाको जनसमर्थन लोभलाग्दो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे । ‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने […]

के ललिपप खाने मैले यो उमेरमा ? : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण […]

राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर रहेको बताएका छन् । रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ । तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा […]

यस्तो अवसर कहिल्यै आउँदैन, चुकियो भने सिंगो देशलाई धोका हुन्छ : लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन,’ […]

‘सिंगो राष्ट्रकै संकल्पलाई न्याय गर्न रास्वपा जन्मिएको हो, कुनै सम्झौताबाट बनेको पार्टी होइन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको बताएका छन् । पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी नभएकोसमेत बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन केवल […]

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ […]

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ। असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। यस […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं