प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे। सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, […]

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक […]

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका […]

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ […]

राष्ट्रियसभामा उठाइयो कर्णालीमा बजेट अभावदेखि प्राकृतिक विपत्तिसम्मका मुद्दा

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले बर्सेनि प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले प्राकृतिक विपत्तिबाट प्रभावितको तत्काल उद्धार गरी राहतको प्रबन्ध गर्न माग गरे। सांसद कमला पन्तले वर्षायाम लागेसँगै प्राकृतिक प्रकोपका घटना बढेको बताउँदै सो सम्बन्धमा सदनमा उठेका […]

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला)को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो । स्टार्टअप र लघु, […]

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजीवी […]

पहिरोले घर पुरिँदा बालकको मृत्यु

सुर्खेत– सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । घटनामा बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार […]

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जानकी– नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय […]

सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् । पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा