काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले मनसुन सुरु भइसकेको अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न प्राकृतिक विपद्का […]
काठमाडौं- छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ। यो गर्मीयाममा पसिना आउने समस्याबाट धेरै मानिसहरू पिरोलिने गरेका छन् । पसिना आउनु स्वास्थ्यका हिसाबमा राम्रो कुरा हो । किनकि शरीर भित्र रहेका विकारहरू पसिनाको रूपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन । शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना […]
तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी […]
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक […]
नवलपरासी– हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय नवलपरासी […]
झापा– झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर– ३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा आज बिहान मत्ता हात्ती मृत फेला परेको हो । स्थानीयवासीले खोलामा मरेको हात्ती देखेपछि जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ […]
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए […]
काठमाडौं– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम वृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् । यद्यपि, मुटुको रोग र क्यान्सर […]
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन् । नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए-नभएको सुनिश्चित गर्न समिति गठन गरेका हुन् […]
जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए। रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपुरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने […]