काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज (शुक्रबार) बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित गरी आगामी बुधबारका लागि सारिएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ । राष्ट्रिय […]
काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ […]
विराटनगर । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:०० बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा चार वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको […]
विराटनगर । केन्द्रमा राजनीतिक फेरबदल हुँदा त्यसको प्रभाव सबैभन्दा छिटो प्रदेश सरकारमा देखिने गरेको छ । संघीयता कार्यान्वयन भएको करिब एक दशक पुग्न लाग्दा पनि प्रदेश सरकारहरू अझै केन्द्रको राजनीतिक समीकरणबाट प्रभावित हुँदै आएका छन् । कोशी प्रदेशमा पछिल्लो समय देखिएको सत्ता हलचलले पनि यही प्रवृत्तिलाई पुनः पुष्टि गरेको छ । नेकपा (एमाले) र नेपाली […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएपछि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले उक्त सहमतिअनुसार अघि बढ्ने बताएका हुन् । काङ्ग्रेससँगको सहकार्यबारे सोधिएको प्रश्नमा उनले सबै पक्ष मिलेर अघि बढ्ने वातावरण निर्माण गर्ने प्रयास मुख्यमन्त्री कार्कीले भने,‘यो आन्तरिक […]
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् । सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिए […]
विराटनगर । गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै माफी मागेका छन् । राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले आजै केहीबेर अघि सांसदहरूसँग सवालजवाफ गरेका थिए । सो क्रममा उनले आफूलाई निर्मला पन्त हत्याकाण्डको विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै चेतावनी दिएका थिए । उक्त विषयमा आलोचना बढेपछि उनले आजै राष्ट्रिय सभाबाट माफी मागेका […]
काठमाडौं । गृहमन्त्री सुदन गुरूङले आफूलाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको बारेमा प्रश्न नगर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निर्मला पन्तबारे प्रश्न नगर्न र यसबारेमा सुक्ष्म अनुसन्धान भइरहेको बताएका हुन् । प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति […]
काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि सरकारले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ । उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी, कृत्रिम अभाव वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन आग्रह गरेको हो । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा ग्यासको […]
विराटनगर । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय आफ्नो व्यक्तिगत चाहना वा दबाबका कारण अघि बढाइएको भन्ने प्रचार निराधार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले एमाले र नेपाली कांग्रेसबीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार सञ्चालन र नेतृत्वको विषय अघि […]