नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित […]

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, बाँकी क्षेत्र कस्ताे ?

काठमाडाैं । आज पनि काठमाडौँ उपत्यकाको प्रदूषण घटेको छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली हुने छ भने बाँकी क्षेत्रहरूको मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च […]

चैते दसैं पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् […]

पाँचथरमा डढेलोमा परी युवतीको मृत्यु, ४ घाइते

पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका […]

काठमाडौंको प्रदूषण नियन्त्रण गर्न हप्तामा २ दिन सार्वजनिक बिदा दिन सुझाव

काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणबारे सरोकारवालासँग छलफल गरेको छ। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार मन्त्रालयमा आयोजित बैठकमा प्रदूषण नियन्त्रणका उपायहरूबारे विज्ञ तथा सरोकारवालाबीच विचार विमर्श भएको हो। छलफलका क्रममा विज्ञहरूले प्रदूषणको भयावह अवस्था सुधार नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिने र जोर-बिजोर प्रणाली […]

कोशी प्रदेश पर्यटन वर्ष २०८२ : तिनजुरेमा प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी

विराटनगर । चैत २७ गतेबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ सुरुवात गर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ । तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । तेह्रथुम जिल्लाको तिनजुरे क्षेत्रमा प्रदेश सरकारले आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले पर्यटन वर्ष २०८२ उद्घाटन गर्नेछन् । पर्यटन वन तथा वातावरण मन्त्रालयले […]

आगामी आवमा ७ प्रदेशले राजश्व बाँडफाँट बापत ७८ अर्ब पाउने, कुनलाई कति ?

विराटनगर । आर्थिक वर्ष २०८२/८३ मा देशमा सात प्रदेशले झन्डै ७८ अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा प्राप्त हुने रकम सो बराबर हुने अनुमान गरेको हो । यस अनुसार कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख, […]

के कारणले घट्यो कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल ?

विराटनगर । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको […]

कोशी प्रदेश : २०८२ मा सार्वजनिक बिदा ६ दिन थप

विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएकोभन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो । जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक […]

काठमाडौं किन बन्दैछ विश्वकै प्रदूषित सहर ?

काठमाडौं । केही दिनयता तुवाँलोले ढाकिएको काठमाडौंमा वायु प्रदूषण बढेको छ । मंगलबार राति ८ बजे मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३५ अर्थात् ‘निकै अस्वस्थ’ तहमा पुगेको हो । विश्वको वायु गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डको वेबसाइट आईक्यूएयरका अनुसार मंगलबार नै बिहान १०:४५ देखि ११:४५ मा काठमाडौंको वायु गुणस्तर ‘खतरनाक तह’ अर्थात् एक्यूआई ३०० पुगेको थियो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं