निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न ४००० बाँसका बिरुवा रोपियो

झापा । मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ । परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट […]

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ । महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ […]

अमेरिकी मध्यस्थतामा इजरायल-लेबनानबीच युद्धविराम घोषणा, कार्यान्वयनबारे अझै अन्योल

काठमाडौं । अमेरिकाको पहलमा वासिङ्टनमा सम्पन्न उच्चस्तरीय वार्तापछि इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको घोषणा गरिएको छ। तर इरान समर्थित हिजबुल्लाहले गोलीबारी पूर्ण रूपमा बन्द नभएसम्म कुनै पनि सहमति कार्यान्वयन नहुने अडान दोहोर्‍याएपछि सम्झौताको प्रभावकारितामाथि प्रश्न उठेको छ। दुवै मुलुकबीच औपचारिक कूटनीतिक सम्बन्ध नरहे पनि संयुक्त वक्तव्यमा ‘पाइलट जोन’ नामक विशेष नियन्त्रण क्षेत्र […]

ग्लोबल आइएमईको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत […]

७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीले किन समायो ?

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो । बुधबार राति कास्कीदेखि […]

कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार झापाको दमक नगरपालिका-८ निवासी २८ वर्षीय दिप्सन चौधरी, जो ‘दिवस’ नामले समेत परिचित छन्, इलाका प्रहरी कार्यालय दमकको टोलीबाट नियन्त्रणमा लिइएका हुन्। जिल्ला अदालत झापाले २०७९ चैत १९ गते उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको […]

टिकटकर तुलसी अधिकारी विरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने

काठमाडौं । सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीविरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक प्रक्रिया जारी रहेको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने विषयमा निर्णय गर्ने तयारी गरेको छ। अधिकारीको बयान सम्पन्न भएपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुनछेक बहस प्रारम्भ भएको […]

यार्सागुम्बा संकलनको अभियोग, तेह्रथुममा ४ जना पक्राउ

तेह्रथुम । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद […]

कोशी प्रदेशमा बेरुजुकाे चाङ

विराटनगर । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ रु ५८ करोड ६६ लाख ८३ हजार बेरुजु रहेको जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थाका गरी कूल २०८ निकायको लेखा परीक्षणबाट सो परिमाणको बेरुजु देखिएको उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङलाई महालेखा परीक्षकको […]

एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं