योगेश भट्टराईले भने ‘बिघटन भएको संसद अदालतले पुनस्थापना गर्छ’

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले भने ‘विघटन भएको संसद सर्बोच्च अदालतले पुर्नस्थापना गर्छ ।’ लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले बताए । ‘यदि यो देशका संवैधानिक अंगहरु […]

प्रदेश १ मा २ सय ७६ डिस्चार्ज, ९४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा २ सय ७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३ सय ९५ पुगेको छ । प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् […]

संसद् विघटन बाध्यता हो : मुख्यमन्त्री राई

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन्। भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको सोमबार उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए। बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, […]

प्रतिनिधिसभा भंग, वैशाखमा चुनाव, दलहरु आन्दोलित

काठमाडौं । झन्डै दुई तिहाइको जनमत, ५ वर्षलाई स्थिर सरकार । तर, सत्तासीन नेकपाको आन्तरिक द्वन्द्व र सत्ता छिनाझप्टीले तीन वर्षमै प्र्रतिनिधिसभा विघटन हुन पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको सिफारिस गरेका छन्। केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेपछि ०७८ वैशाख १७ र २७ गते नयाँ निर्वाचन तय भएको छ। […]

विद्यार्थी भर्नामा ‘बिचौलिया’, विदेश पठाउने कन्सल्टेसीको ध्यान नेपालका विद्यालयमा

विराटनगर । विराटनगर—२ मोरङका राजेश गुरागाईंका छोरा दीपकले एसईईमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भए। त्यसबेलादेखि नै राजेशको मोबाइलमा विराटनगरका शैक्षिक परामर्श केन्द्रबाट फोन आएको आएै छ। घरमा नै आएर यो र त्यो कलेज भर्ना गर्नुपर्छ भन्नेको पनि लाइनै लाग्यो। तर, उनले सबैलाई कलेज आफैं छान्ने भन्दै फर्काए। राजेश भन्छन् ‘आफैं विद्यालय र विषय छान्न सक्षम […]

आज वर्षकै धेरै चिसो, तराईमा शितलहर र बाक्लो हुस्सु

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको […]

जंगलमा छापा मारेर विप्लव समूहका कार्यकर्ता पक्राउ

खोटाङ । प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेको खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले […]

उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं । उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ। गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको बैठकले किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । सरकारले बक्यौता […]

नेपाली अलैँचीका पाँच जातको पहिचान

काठमाडौं । नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन। अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको […]

विराटनगरमा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा सोमबार मध्यान्न विराटनगरमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो । विराटनगर स्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाईकल ¥यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ । सरकार गलत मार्गमा हिडेकाले सरकारलाई सजग […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा