मुख्यमन्त्रीले भने ‘अविश्वास प्रस्तावको आरामले सामना गर्छु’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै यो प्रस्तावले आफू नआतिएको बताए। ‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको […]

संखुवासभामा प्रहरी र विप्लव समुहबिच गोली हानाहान

खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको छ । आइतबार दिउँसो बरिव ३ तिर विप्लब समुह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए । सोही स्थानमा यस अघि पनि विप्लव समुह र प्रहरीबिच गोली हानाहान भएको थियो । विप्लव कार्यकर्ताले प्रहरीको […]

प्रदेश १ : अविश्वासको प्रस्ताव तयारी गर्ने अर्थमन्त्री बर्खास्त

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफ्नै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् । ‘आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्रीलाई बर्खास्त गरेको […]

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट सख्त घाइते हुनुभएका […]

लाइसेन्सको अनलाइन आवेदन खुल्दै

विराटनगर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया […]

एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम आगामी हप्ता खुल्ने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० को परीक्षा आवेदन फाराम खुला गर्ने भएको छ । आगामी हप्ता रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम खुला गर्ने बोर्ड बैठकले निर्णय गरेको छ । असोजको पहिलो सातामा खुल्नुपर्ने दुवै फाराम यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) संघ (राष्ट्रिय परीक्षा बोर्ड)ले वा प्रदेशले […]

नयाँ स्वरुपको कोरोना भाइरस फ्रान्समा पनि भेटियो, विश्वभर फैलने खतरा

विराटनगर । केही दिनअघि बेलायतमा पत्ता लागेको कोरोनाभाइरसको नयाँ स्वरुपबाट संक्रमित व्यक्ति फ्रान्समा पनि भेटिएका छन् । द्रुत गतिमा सर्न सक्ने भनिएको नयाँ कोरोनाभाइरस बेलायतबाट फ्रान्स फर्किएका व्यक्तिमा पत्ता लागेको बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्ति टुअर्स शहरमा बस्छन् र १९ डिसेम्बरमा लन्डनबाट फर्किएका थिए । ती व्यक्तिलाई कुनै लक्षण भने नदेखिएको […]

प्रतिनिधिसभा विघटन : कांग्रेसले फैसला कुर्ने, एजेन्डा बनाएर आन्दोलनमा नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ । यो पार्टी सर्वाेच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको […]

प्रदेश १ मा एकैदिन ४ सय १४ डिस्चार्ज, संक्रमित ४० जना मात्रै

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेनबाट ३ सय ९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या २६ हजार ७ […]

प्रधानमन्त्रीले सम्बोधन गर्दै भने ‘अब विवाद र अलमल होइन, जनतामा जाऔं’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले कुनै अलमल र विवाद नगरीकन चुनावमा केन्द्रित हुन प्रधानमन्‍त्री अपिल गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्। उनले भने, साढे चार महिनापछि नयाँ प्रतिनिसभा स्थापित भइहाल्छ। लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ र अस्थिरता हुन्छ भन्ने हल्ला निराधार छन् । कुनै पनि कुरामा नअमलिकन चुनावमा केन्द्रीत हुन सबैलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा