विराटनगर । ताप्लेजुङमा नेपाल टेलिकमले दिदै आएको सेवाको गुणस्तर बृद्धि गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टेलिकमलाई दिर्नेशन दिएका छन् । विमानस्थलको एक कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आएका मन्त्री भट्टराईले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमानै पुगेर ताप्लेजुङ जिल्ला भित्रका सबै टुजी टावरलाई थ्रीजी र फोरजीमा अपग्रेट गर्न निर्देशन दिएका हुन् । टेलिकमको […]
विराटनगर । प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ […]
विराटनगर । विराटनगर विमानस्थललाई स्तरोन्नति, विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय सरकार (नेपाल नागरिक उड्डयन प्राधिकरण), प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच सोमबार विराटनगरमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास […]
विराटनगर । टेम्पोको ठक्करबाट मोरङ सुनवर्सी २ मा बस्ने २० वर्षिय मोटरसाइकल चालक सुनिल खत्वेको मृत्यु भएको छ । आइतबार साँझ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्रि सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाइकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक खत्वेको गम्भिर घाइते भएका थिए । […]
ताप्लेजुङ । ताप्लेजुङमा भएको ट्याक्सि दुर्घटना परि तीन जना घाइते भएका छन् । सोमबार झापाबाट ताप्लेजुङ तर्फ गइरहेको मे १ ज २५७८ नम्बरको ट्याक्सी मेची राजमार्ग अन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै सडकबाट झर्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा अर्जुनधारा झापाका ४० वर्षिय असोक कार्की, फुङलिङ नगरपालिका–३ का वर्ष ३७ […]
विराटनगर । सुनसरी हरिपुरमा तीन वर्षिय बालकको डुबेर मृत्यू भएको छ । स्थानीय धिरेन यादवका तीन वर्षिया छोरा सतिश कुमार यादवको डुबेर मृत्यु भएको हो । आइतबार साँझ ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा लडेर बेहोस भएका थिए । डुबेर बेहोस भएका उनलाई तत्काल उपराचारका लागि लैजादै गर्दा […]
विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि आज नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु अहिले विहान विराटनगर आउने कार्यक्रम तय भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विमानस्थलको विकास, […]
काठमाडौं । सरकारले यो वर्षको दसैं जहाँ छौँ, त्यही बसेर मनाउन अपील गरेको छ। दसैं अर्को वर्ष पनि आउँने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यस्तो अपील गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सबैलाई यस्तो अपील गरेका हुन्। प्रवक्ता गौतमले यो वर्षको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन […]
विराटनगर । प्रदेश १ मा आइतबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा […]
विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । सोमबार प्रदेश १ को राजधानी विराटनगरमानै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा […]