घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्न प्रयास गर्ने एक जना नक्कली रिभल्भर सहित पक्राउ

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-०४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । शुक्रबार साउन ८ गते साँझ करिब ७:३० बजे भैरहवा बजार क्षेत्रमा […]

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा १० अर्ब राजस्व संकलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा एक अर्ब ७९ करोड ७५ लाख ४४ […]

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो। समितिले स्वीकृत […]

आज विदेशी मुद्राको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको […]

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा […]

सातामा २ दिन बिदा दिने निर्णय यथावत् रहने

काठमाडौं । सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा लागू गरिएको सातामा दुई दिन बिदाको व्यवस्थालाई निरन्तरता दिने जनाएको छ।शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयमा पुनरावलोकन नहुने स्पष्ट पारेका छन्। मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले दुई दिनको बिदालाई प्रभावकारी रूपमा उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको जानकारी दिए। उनका […]

बांङ्लादेशका राष्ट्रपतिले दिए राजीनामा

काठमाडौं । बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो। ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रप्रमुखको औपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालका दौरान सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत […]

‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन् । शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा […]

घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराई पक्राउ परेका छन् । स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टंगालस्थित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं