आज २०७७ असोज ३० गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन सक्दैनन् […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा […]
विराटनगर । झापाको कनकाई नगरपालिका स्थित बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मा बास गर्ने चौधरी बुधबार विहान ०६ बजे सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट […]
दमौली । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो । त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे । त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो । धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ […]
मोरङ । मोरङ रतुवामाई १० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साझँ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]
विराटनगर । प्रदेश १ को प्रदेश स्तरीय सुरक्षा गोष्ठि मंगलबार सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल सरकार, गृहमन्त्रालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना लगायतका प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय […]
विराटनगर । कोरोना महामारीको समयमासमेत प्रदेश सरकार कमिसनको चक्करमा फसेको आरोप प्रतिपक्षी दलका संसदले लगाएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका मन्त्री र मुख्यमन्त्रीबीचमा कसले कमिसन खाने भन्ने दुबिधाले कुनै काम पूर्ण रुपमा […]
विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका हुन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थपगर्दै […]
विराटनगर । प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष […]
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्य सहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए […]