विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य उपस्थित रहन निर्देशन दिएको छ। मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमार्फत जिल्ला समन्वय समिति तथा स्थानीय तहका कर्मचारीलाई विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय र सेवा […]

लागू औषध कारोबारको नयाँ रुप : सिलिकनमा मिसाएर कोकेनलाई कपडाको स्वरूप

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले सिलिकनमा मिसाई कपडाको स्वरूपमा लुकाएर नेपाल भित्र्याइएको ४.२७८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ। ब्युरोका अनुसार हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकहरूको प्रोफाइलिङका क्रममा कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी एक कोलम्बियाली नागरिकलाई काठमाडौं महानगरपालिका–१६ स्थित एक होटलमा खानतलासी गर्दा उक्त परिमाणको कोकेन बरामद […]

कोलकाता बन्दरगाहबाट पहिलो कार्गो रेल आइपुग्यो विराटनगर

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगरस्थित कस्टम यार्डमा पुगेको हो । पहिलो ढुवानीमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याइएको बताइएको छ । नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट आयात हुने […]

चार महिनामा ३ हजार ४३५ विपद्का घटना

काठमाडौं । गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी […]

मेस्सीलाईपछि पार्दै एम्बाप्पेको कीर्तिमान: लगातार दोस्रो पटक जिते ‘गोल्डेन बुट’

काठमाडौं । फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जितेका छन्। विश्वकपको इतिहासमै उनी लगातार दुई पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्। हालको विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेका हुन्। यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै एम्बाप्पेले […]

स्पेनले विश्वकपकाे च्याम्पियन

काठमाडौं । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा आइतबार भएको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई दोस्रोपटक विश्वकपको उपाधि दिलाउन फेरान टोरेसले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल […]

आज डलरको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो […]

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ । विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्न सक्ने […]

किभमाथि रुसको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, १ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। शनिबार रातिदेखि आइतबारसम्म किभका विभिन्न क्षेत्रमा लगातार आक्रमण भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई राजधानी किभमाथि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं