कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका नेताका रूपमा स्मरण गर्दै […]

विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता

भोजपुर । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेसभुसा प्रदर्शन, परम्परागत […]

अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् । उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो । यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान […]

विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित सुभासचन्द्र पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१४ को जतुवाबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ परेका छन् । आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक […]

इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]

माजिद अन्सारी रिहाइको माग गर्दै मोरङ प्रहरीको गेटमा धर्ना दिने २६ जना पक्राउ

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विराेधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि […]

सहकालको कामना गर्दै विराटनगरमा सिसेक्पा तङ्नाम

विराटनगर । किराँत लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) को अवसरमा किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिले शनिबार विविध सांस्कृतिक कार्यक्रम गरी पर्व मनाएको छ । पर्वका अवसरमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवीको सहभागिता रहेको थियो । कार्यक्रममा परम्परा अनुसार नाङ्लो ठटाउँदै र राको बालेर सहकाल आइज, अनिकाल जा भन्ने कामना गरिएको थियो […]

जब झाडीले छोपिएको घुन्सा स्मृति पार्कमा ताप्लेजुङ सरोकार केन्द्रको नजर पर्‍यो…(फोटो फिचर)

काठमाडौं । झाडी छोपिएको घुन्सा स्मृति पार्क र पार्कमा भएका अर्धकदका सालिकको ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको सक्रियतामा सरसफाई गरिएको छ । काठमाडौंको नागर्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिककै रामकोटमा रहेको उक्त पार्कको शनिबार सरसफाई गरिएको हो । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङलगायत २४ जना संरक्षणविद्को निधन भएको थियो […]

विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबीच भेटवार्ता

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा‍. महतले भेटेका हुन्। नेता महतले सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ​

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं