कोरोनाबाट मृत्यू : २४ घण्टामा अमेरिकामा भन्दा भारतमा बढीको मृत्यु

काठमाडौं । भारत कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेदरमा विश्वकै अग्र स्थानमा आएको छ । पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाई समेत भारतले उछिनेको छ । कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ […]

कोरोना खोपहरुलाई जथाभावि अनुमति दिएकोमा डब्ल्यूएचओको आपति

विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कतिपय कोरोना भाईरस सँग सम्बन्धित खोपहरूलाई आपत्कालीन अवस्थाका लागि अनुमति दिइएको भन्दै चेतावनी दिएको छ । उसले खोप प्रति निकै धेरै गम्भीरता र भावनाु आवश्यक पर्ने जनाएको छ । डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सोम्या स्वामिनाथनले हरेक देशसँग पूरा परीक्षणविनै औषधि स्वीकृति गर्ने अधिकार भए पनि त्यो हलुका रूपले गर्ने […]

प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको सचिवालयका अनुसार मन्त्री घिमिरेको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । आईतबार देखी लगातार पखला लागेको र सोमबार ज्वरो समेत आएपछि मन्त्री घिमिरेको सोमबार विहान स्वाव संकलन गरिएको थियो । सोमबार साँझ कोरोना पोजेटिभ पुष्टि […]

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको समन्वय र अनुगमन सांसदबाट गराइने [मन्त्रिपरिषद्का निर्णयहरु]

काठमाडौं । सरकारले सांसदहरुलाई कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको समन्वय र अनुगमन गर्न अनुरोध गर्ने भएको छ। त्यसको नेतृत्व भने सो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रत्यक्ष निर्वाचित सांसदले गर्नेछन्। ‘प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित माननीय सदस्यहरुको नेतृत्वमा सो क्षेत्रका प्रतिनिधि सभाका समानुपातिक प्रणालीबाट निर्वाचित माननीय सदस्यहरु र राष्ट्रिय सभाका माननीय […]

पर्यटनमन्त्रीको पर्यटन बोर्डलाई निर्देशन : ‘उपत्यकामा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउनू’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश […]

प्रदेश १ मा कोरोना : ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, […]

प्रमोद तामाङ स्मृति पुरस्कार एपीवानकर्मी न्यौपानेलाई

विराटनगर । ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट यो वर्ष एपीवान टेलिभिजन झापा व्यूरो प्रमुख सुब्रत न्यौपाने पुरस्कृत हुने भएका छन् । नेपाल निजामति कर्मचारी संगठनद्धारा स्थापित उक्त पुरस्कार यो वर्ष टेलिभिजन कर्मी न्यौपानेलाई दिने निर्णय भएको संगठन झापाका अध्यक्ष केदार पोखरेलले जानकारी दिए । पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । […]

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङ बेलबारी ८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विश्वमा कोरोना : मृत्यु हुनेको संख्या साढे ८ लाख नाघ्यो, १९ हजार ८९४ संक्रमित थपिए

काठमाडौं। कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा साढे आठ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा चार हजार १६८ जनाको मृत्यु भएसँगै कुल संख्या आठ लाख ५० हजार १४९ पुगेको हो। वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५३ लाख ७७ हजार ७१० संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका […]

निजी विद्यालयलाई शुल्क लिन पाउने बाटो खुल्यो

काठमाडौं । विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न नसकेका केही […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा