मन्त्रिपरिषद निर्णय : लामो दूरीको सवारी साधन र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेकाले उक्त निर्णय गरेको हो ।

विप्लव नेतृ र नेता फरार भएपछि प्रहरी तनावमा

राजविराज । पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका छन्। सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएका हुन्। विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ। सर्वोच्च अदालतको […]

ललितपुर महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेथू

काठमाडाैं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ। ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको हो। हाछेथू २०७५ मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए।

‘कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ’ मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आइतबार सिरहाको लहानमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताए। पहिलो चरणमा जनकपुर, […]

तीन देशमा हवाई सम्झौता हुँदै

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमति अवस्थामा […]

कोरोना संक्रमणका कारण २४ घण्टामा १४ को मृत्यू

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार महिला समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ […]

प्रदेश १ मा कोरोना : ९५ नयाँ संक्रमित थपिए, मृतकको संख्या ३२ पुग्यो

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ९५ जना नयाँ संक्रमित थपिएका छन् । एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । परीक्षण गरिएकामध्ये एक हजार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये […]

प्रदेश १ मा आज भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार (आज) प्रदेश १ मा भारी वर्षाको संभावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ मा यो उच्च रहने बताईएको छ । विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन […]

उपचार भरी नेगेटिभ, मृत्यू पछि अन्त्येष्टि गर्न लैजाँदै गर्दा रिपोर्ट आयो पोजिटिभ

विराटनगर । विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा पीसीआर परीक्षण रिपोर्ट शनिबार दिउँसो पोजिटिभ आएको हो। त्यतिबेला परिवारका सदस्य र आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। सुरुमा […]

प्रदेश १ मा कोरोना : मोरङमा ४७ सहित १ सय १२ संक्रमित थपिए,

विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा