काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले नेपालमा कोरोनाले जटिल अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्यान्डेलरले बिहीबार बालुवाटारमा भएको भेटका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी […]
धरान । सुनसरीको धरानमा एक जना कोरोना सक्रिमतको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका संक्रमित षुरूषको आज साँझ मृत्यु भएको हो । गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको प्रवक्ता प्रा.डा.निदेश सापकोटाले पुष्टि गरे । उनको प्लाज्मा थेरापी समेत गरिएको थियो । योसँगै धरानमा […]
विराटनगर । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ । भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ । सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका […]
एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ । विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, […]
काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि छुट्टयाएको २० अर्ब रुपैयाँ बजेट कार्यान्वयनको कार्यविधि चाँडै ल्याउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराइले मंगलबार यो जानकारी दिएका हुन्। पर्यटन क्षेत्र पुनरोत्थानका लागि २० अर्ब रुपैयाँको कोष स्थापना गरेर सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा […]
बेलायत । विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भएरनभएको […]
काठमाडौं । विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना […]
चितवन । चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो । बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना […]
काठमाडौं । देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ। आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली […]