निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ […]

झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा पनि लकडाउन

झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी०को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय […]

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जाँदा प्रहरीमाथि आक्रमण, एसपीसहित छ घाइते

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित छजना प्रहरी घाइते भएका हुन् । मिलनचोक क्षेत्रमा शव व्यवस्थापनका लागि एसपीसहितको टोली पुगेको र स्थानीयले विरोध गरेपछि कुरा मिलाउने प्रयास भइरहँदा ढुंगामुढा […]

पशुपति क्षेत्रमा गरिएको अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संम्द्धन गरिने बताएका हुन्। कोषका अध्यक्षसमेत […]

किन महिला कर्मचारीबाट कार्यकक्षमै कुटिए प्रेम सञ्जेल ?

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ। भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई […]

नेपालमा कोरोना : २४ घण्टामा ३१५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ […]

विराटनगरमा आजदेखि भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर । कोरोना सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताउनुभयो । उहाँका अनुसार खाद्यान्नसहित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय […]

चेपाङ बस्ती आगजनी प्रकरण : निकुञ्‍ज प्रमुख रुपाखेती काठमाडौं तानिए

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ९चिफ वार्डेन० नारायणप्रसाद रुपाखेतीलाई काठमाडौं फिर्ता गरेको छ । माडीको कुसुमखोलाको चेपाङ बस्तीमा आगजनी घटना र सैनिकको कुटपिटबाट राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङको ज्यान गएपछि निकुञ्ज विवादमा परेको थियो । रुपाखेतीलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै निकुञ्ज प्रमुख बनाएर पठाएका थिए । […]

भारतलाई नेपालको जवाफ : नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू

दार्चुला । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको छ । गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला […]

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं