मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त सङ्ख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने भएको हो । काठमाडौँ उपत्यका रहेकाले दिउँसो १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले […]
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि बन्द सूची पेश गरेका दलका उम्मेदवारमध्ये अहिलेसम्म ८५ जनाले नाम फिर्ता लिएका छन् । आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारले नै नाम फिर्ताका लागि निवेदन दिन पाउने व्यवस्था भए पनि आयोगमा […]
काठमाडौं । नेकपा एमालेको युवा केन्द्रित अभियान देश भरी ‘फिजिटल्ली’ अघि बढ्ने भएको छ । अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त ढंगले लैजाने कार्ययोजना निर्माण गरेको सहसंयोजक समिक बडालले बताए । ‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गरिने उनले बताए । अभियानका संयोजक थेबेले […]
काठमाडाैं । मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएकाे छ । प्रचण्ड र माधव नेपालले लिम्बुवान क्रान्तिकारी पार्टीसँग २ बुँदे सहमति गरेर पार्टीमा भित्र्याएका हुन् । सहमतीमा लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउदै आएको लिम्बुवानको मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादमा छलफल र बहस मार्फत टुङ्गो लगाउने र लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई […]
काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । […]
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र आज हुँदै छ।बन्द सत्र बिहान १० बजेदेखि शुरु हुनेछ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो आइतबार बेलुकी ९ बजेसम्म २ […]
बेलायत । “शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका हरि बुढामगरले भने, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ […]