सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु

चितवन । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो। भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा […]

शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका २ विश्वविद्यालयसँग सम्झौता

सुनसरी । शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ । इटहरीमा जनता बहुमुखी क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार २४ र २५ गते भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले […]

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो […]

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ

काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ […]

पानी नपर्दा सुक्यो धानको ब्याड

सुनसरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले […]

काभ्रेको कालढुंगामा लेदो आएर बिपी राजमार्ग अवरुद्ध

काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो । दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टिम सडक खुलाउन खटिएका छन् । जेसिबीको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा […]

सुक्न थाल्यो बेतना सिमसार

बेलबारी । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि […]

एमाले ७० वर्ष पुरानो भए पनि आज नौजवान पार्टी हो : भट्टराई

भक्तपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले ‘पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन्’ भन्ने भाष्य सिर्जना गरिएको धारणा व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलहरू त्यसमा […]

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभा । सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए। आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । […]

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्ती पीडितलाई एक करोड ९० लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए । कार्यालयले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं