रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । ५४ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी […]

‘सर्वसाधारणको लगानी तथा निक्षेप भएको ग्लोबल आइएमई बैंकलाई पाथीभरा केबलकारमा जोड्नु निन्दनीय’

काठमाडौं । पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा निर्माण सुरु भएको केबलकारको विषयसँग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको नियोजित आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुन सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ । बैंक तथा बित्तिय संस्था नियमन […]

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस […]

निकुञ्ज सुरक्षाकर्मीले नै हाने गोली, मर्‍यो हात्ती मकुना

चितवन । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो । कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको छ । बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको […]

कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । यद्यपि, कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही मुलुकका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी र गण्डकी प्रदेशमा आज (बिहीबार) आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान […]

५४ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

काठमाडाैं । प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ। काउन्सिलले आइतबार एक विज्ञप्ति जारी यस्तो सूचना दिएको हो। यस्तै काउन्सिलले विगतमा कालोसूचीमा राखी कारबाही गरेका चार वटा सञ्चारमाध्यमको कारबाही फुकुवा गरेको छ। जसमा टिभी अन्नपूर्ण डटकम, […]

पक्राउ परेका ‘नो केबलकार समूह’का ३ जना धरौटीमा रिहा

ताप्लेजुङ । ‘नो केबलकार समूह’ र सरकार बिच भएको सहमति अनुसार प्रहरीले ताप्लेजुङबाट नियन्त्रणमा लिएका तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीन जनालाई बुधबार प्रहरीले छाडेको हो । मादेन १० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् भने सिदिङ्वा गाउँपालिका – ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर […]

२ डिएसपीको काज सरुवा, दमकमा रामप्रसाद तिमल्सिना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।

ताप्लेजुङ र पाँचथरमा मष्ट ईवा हाइड्रो बन्ने, २०८४ देखि व्यवसायिक उत्पादन

काठमाडौं । तीनजुरे हाइड्रोपावर प्रालिले ४.६ मेगावाटको सुपर मष्ट ईवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ तथा पाँचथरको याङवरक गाउँपालिका-२ भएर बग्ने ईवा खोलाको पानीलाई उपयोग गरी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । कम्पनीले यो आयोजनाको विस्तृत अध्ययन र प्रारम्भिक […]

हिउँदे वर्षा नहुँदा मर्कामा महोत्तरीका किसान

महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । ‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’ कुलोको स्थायी सिँचाइको प्रबन्ध […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं