काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यति बेला कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको […]
तेहरान । इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । सरकारी मिडियाका अनुसार इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको हो । यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएको मिडियाले जनाएको छ । अज्ञात आक्रमणकारीले गोली चलाउने लगत्तै आफैँलाई गोली हानेको पनि बताइएको छ । आक्रमण कुन […]
सुनसरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती पसेको माउ हात्तीले आक्रमण गर्दा सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मध्यराति हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यो वर्ष माघबाट मात्र चिसाे मौसम सुरु भएसँगै हुस्सु लागेको हो । मौसम धुम्मिएर लागेको हुस्सुका कारण घाम देख्न पाइएको छैन । हुस्सुसँगै बिहानैदेखि विगतका दिनमा भन्दा अलि बढी चिसो महसुस भएको छ । विगत वर्षहरुमा मंसिर दोस्रो सातादेखि […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती र मधेश प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने […]
झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए […]
खोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास […]
काठमाडौं । डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू […]
झापा । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । माघ लागेसँगै चिसो बढेको स्थानीयले महसुस गरेका छन् । झापाको बिर्तामोड आसपास क्षेत्रमा लागेको हुस्सुका ८ तस्बिर ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौता लगायतका अन्तर्राष्ट्रिय सन्धिहरुले तय गरेका […]