भोटखोलाका १००० बढी नागरिकले लिए सीमापास

किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथांका नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ […]

दैनिक संगीत सुन्दा स्वास्थ्यमा देखिन्छ सकरात्मक प्रभाव ?

काठमाडौं । हिजोआज जिन्दगी यति भागदौडपूर्ण बनेको छ कि जिन्दगीमा तनाव निकै बढेको छ । व्यावसायिक र व्यक्तिगत अप्ठ्याराहरू मानिसका लागि समस्या बन्दै गइरहेका छन् । मानिसहरू प्रायः तनावसँग जुध्ने तरिकाहरू खोजिरहेका हुन्छन् । धेरैजसो मानिस तनाव कम गर्न चियातिर लाग्छन भने अरू चुरोट वा रक्सीतिर लाग्छन् । तर तनाव कम गर्ने एउटा यस्तो तरिका […]

६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र […]

यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू-भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भागमा […]

भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ

काठमाडौं । प्रहरीले भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ । थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर प्रहरीले माइकिङ गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेनले सुकुम्बासीलाई लजमा राखेर लगत संकलनको योजना बनाएको बुझिएको छ […]

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छा पक्राउ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा […]

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहरको पनि […]

११ देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा

भोजपुर । नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिए । उनले भने, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरूलाई पदयात्रा […]

खोटेहाङ गाउँपालिकाले आइतवार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । खोटेहाङ गाउँपालिकाले आइतवार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्य भार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइवारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा […]

खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टको निधन

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गए राति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं