अब झाडापखाला लागेका व्यक्तिको पनि कोरोना परीक्षण हुने

काठमाडौं । सरकारले झाडापखाला लागेका व्यक्तिको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ टेस्टिङु सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो। यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका […]

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणका कारण क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आज बिहान निधन भएको बीबीसीले जनाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज […]

कोरोना संक्रमणको जोखिम बढ्यो, पुनः लकडाउन गर्ने तयारीमा सरकार

काठमाडौँ । देशभर कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले आवतजावतमा कडाइ गरेको छ । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ । संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति […]

बिहानै उठेर यस्ता कार्य गर्दा भाग्य चम्किन्छ

काठमाडौं । तपाई बिहान उठेर केके गर्नुहुन्छ ? यस्ता कामहरु गर्नुभएको छैन भने अब देखि बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । भाग्य चम्किने छ । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु […]

संखुवासभाका ४ हिमताल फुट्ने खतरा !

संखुवासभा । संखुवासभाका चार हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । लोवर वरुण हिमताल सहित ४ हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा.अरुण बहादुर श्रेष्ठका अनुसार संखुवासभा १ सय ४ वटा हिमतालहरु रहेका छन् । मकालु वेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको […]

आर्सनलले जित्यो एफएकप

लन्डन । कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार एफएकप जितेको छ । आर्सनलले एफएकप जितेको यो कीर्तिमान १४ औं पल्ट हो । यससँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ । वेम्बलीको दर्शकबिनाकाे रंगशालामा प्राप्त यो सफलता आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको […]

आज पनि बाढीको जोखिम, सचेत रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गएराति केही ठाउँमा भारी वर्षा भएका कारण बाढी आउनेतर्फ सचेत गराउँदै सर्वधासाधारणलाई सावधान रहन अनुरोध गरेको छ। महाशाखाका अनुसार कैलाली, कञ्चनपुर जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। वर्षाका कारण चौधर खोला, सुहेलीखोला सहजपुर, मोहाना खोला, खुटिया खोला र सानाखोलामा बाढी […]

‘एमाले’ र ‘सूर्य’ का लागि संविधान संशोधनको तयारी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको पनि लामो समय भए । यही उत्कर्षमा न देश रहन सक्छ, न पार्टी नै । अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ । तर, नेकपाभित्रको दुई गुटको अडान हेर्दा विवाद सजिलै मिल्ने अवस्था देखिँदैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा […]

नापोलीले लाजियोलाई हरायो

एजेन्सी। इटालियन सिरी ‘ए’ मा नापोलीले लाजियोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले लाजियोलाइै ३–१ गोलले हराएको हो । नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन फाबियन रुइज पेना, लोरेन्जो इन्सिग्ने र माटियो पोलिटियानोले समान एक–एक गोल गरे । पाहुना टोली लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए । खेलको पहिलो हाफ १–१ […]

भारतमा तीन दिनमै थपिए एक लाख ६७ हजार संक्रमित

काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा पछिल्ला तीन दिनमा मात्र एक लाख ६७ हजार ५३५ जना संक्रमित थपिएका छन्। १६ साउनमा भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। त्यसको अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं