पाटन दरबारमा दाजुभाइको हत्या

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ। ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार सिर्जन […]

देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक र अनौपचारिक स्रोतबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि […]

सिंहदरबार प्रवेशको नयाँ नियम : सुहाङ असन्तुष्ट, प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण

काठमाडौँ । सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण गराएका छन् । कानुन व्यवसायीलाई नागरिक एपमार्फत गेट पास अनिवार्य बनाउने व्यवस्थाले कामकाजमा जटिलता ल्याएको भन्दै उनले उक्त व्यवस्था पुनर्विचार गर्न आग्रह गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले हाल लागू गरिएको व्यवस्था […]

सिंहदरबार प्रवेशमा कडाई, के के छन् नयाँ नियम ?

काठमाडौं । सिंहदरबारभित्र रहेको प्रशासकीय अदालत प्रवेशसम्बन्धी व्यवस्था पुनर्संरचना गरिएको छ । अदालत प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार कानुन व्यवसायीले अब बार काउन्सिल वा नेपाल बार एसोसिएसनको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् । सूचनाअनुसार कानुन व्यवसायीका लागि नागरिक एपमार्फत जारी हुने सिंहदरबार गेट पास अनिवार्य गरिएको छ । यसअघि प्रचलनमा रहेको परिचयपत्रका […]

१ वर्षमा ७५०० विपद्का घटना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो […]

विर्तामोडमा कोशी-बंगाल पर्यटन उत्सव

झापा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बंगाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताएका छन् । उनले विर्तामोडमा सुरु भएको दुई दिवसीय कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै उक्त जानकारी दिएका हुन्। भारतका ती प्रान्तका बासिन्दासँग नेपालको कैयन सांस्कृतिक परम्पराहरुमा समानता […]

पर्यटकको रोजाइमा तीनकुने पोखरी

फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य […]

प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु

जलेश्वर (महोत्तरी) । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये […]

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं