काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जलेश्वर (महोत्तरी) । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये […]
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन […]
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन […]
काठमाडौं । काठमाडौंमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गएराति पिंगलास्थान क्षेत्रमा गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ । अहिले बागमती प्रदेशको काठमाडौँलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको र […]
धरान (सुनसरी) । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय […]
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौं । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्। एसोसिएसन पर्साका अनुसार पछिल्लो समय बिचौलियाको आरोप लगाउँदै गरिएका पक्राउ […]