
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीलगायतमा क्षति पुऱ्याएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मानवीय क्षति भएको छैन । तमोर करिडोरको सडक अवरुद्ध रहेको र विद्युतको प्रसारण लाइन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । गाउँपालिका भवन लेदोले पुरिएको छ । तापेथोक प्रहरी चौकी पनि लेदोले […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता/महिना लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । सत्ता गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबन्डामा अन्तरदल किचलो र भागबन्डा भएपछि पार्टी भित्रका आकांक्षी मिलाउँदा मिलाउँदै मन्त्रिपरिषद् विस्तारमै लामो समय बित्ने गरेको थियो । यसपटक गठबन्धनका दलहरूले […]
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए । आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले […]
काठमाडौं – देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् । पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए । संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले […]
काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको […]
चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही […]
भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा […]
काठमाडौं । देशभर साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । यस्तै कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा पनि हल्कादेखि वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी […]
कास्की । स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि […]