काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको औपचारिक घोषणा गरेका हुन् । खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन गर्नेसम्मका विषय समेटिएका छन् […]
काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ । शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनको अवरोध भएको ठहरिने भन्दै सर्वोच्च अदालतले उनीहरुलाई निषेध नगर्न आदेश दिएको हो । ‘शरणार्थीको स्वतन्त्र आवगमन र पारिवारिक पुनर्मिलनमा अनावश्यक, […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन् । बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका […]
काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू – नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट तथा टिकट वितरण गर्न निर्वाचन ब्युरो गठन गर्ने भएको छ। सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पैसाका आधारमा टिकट वितरण रोक्ने र क्रियाशील सदस्यबीच आन्तरिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने प्रस्ताव गरेका छन्। ७५३ स्थानीय तहमध्ये एक सयभन्दा बढीमा महिलालाई […]
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेका छन् । काठमाडौंको खुलामञ्चमा सुरु भएको बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । यसअघि सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । यस्तो छ प्रतिवेदन :
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन कार्य निरन्तर भइरहेको बताएका छन् । सोमबार (असोज १९) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी लगानी र विकासका लागि कानुन सुधार परामर्शको तीनदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म […]