काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने तयारी गरिएको छ । कांग्रेस नेता जीवन परियारले पदाधिकारीको संख्या बढाउने विषयमा छलफल चलिरहेको जानकारी दिए । पदाधिकारी संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने विषयमा छलफल रहे पनि पारित हुन बाँकी रहेको उनले बताए । “पदाधिकारी बढाउने विषयमा छलफल चलिरहेको छ । बन्दसत्रले पारित गरेपछि […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रशासन स्रोतले जानकारी दिएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्ताव तथा समसामयिक विषयमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ। नियमित एजेन्डासँगै रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा पछिल्लो समय संघीय संसद् सचिवालयमा दर्ता […]
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता, […]
दुबई । इजरायलतर्फ गइरहेको फ्लाई दुबईको विमानमा क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका सह-पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि उनको पहिचान तथा कथित उग्रवादी विचारधाराबारे सम्बन्धित निकायबाट औपचारिक पुष्टि भइसकेको छैन। बुधबार १७४ यात्रुसहित दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको उडान नम्बर एफजेड १०७३ मा ककपिटभित्र सह-पाइलटले भारतीय नागरिक क्याप्टेन […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवा, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंकास्पद रूपमा रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकमा बन्दा गोभीले छोपेर राखिएका ८३ […]
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ । बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्न लागेको हो । बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, […]
रसुवा । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चार वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय […]
झापा । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा-इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्ध शान्ति, अर्जुनधारालगायत पालिकासँग […]