कांग्रेस महाधिवेशन : यस्ताे छ केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद र संख्या (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ । कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा […]

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंकका अध्यक्ष बांगाबीच अमेरिकामा भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक […]

देशभर बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भूभागमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली भएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

असोज २० गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

मेष : समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ । वृष : तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ । मिथुन : सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ । कर्कट : दिन बलवान् देखिन्छ । कार्य […]

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र संगठनको आचारसंहिता तथा पदीय मर्यादाविपरीत काम गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। सशस्त्र प्रहरी मुख्यालयले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेपछि मन्त्रालयले असोज १९ गते निलम्बनको निर्णय गरेको जनाएको छ। घटनाको वास्तविकता […]

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

काठमाडौं । सरकारले १ देखि १५ असोजसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नगद पुरस्कार जित्ने करदाताको नाम सार्वजनिक गरेको छ। कार्यक्रमको चिट्ठा १६ असोजमा खोलिएको थियो। यसपटक १० लाख रुपैयाँको नगद पुरस्कार लालबाबु साह कानुले जितेका छन्। त्यस्तै, दैनिक १/१ लाख रुपैयाँ नगद पुरस्कार जित्ने करदातामा कुमारी द्रोपदी भाट, खुश्बु गुरुङ/प्रकाश राई, दिनेशकुमार चौधरी, […]

भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले संकलन गर्‍यो पौने तीन करोड

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ संकलन गरेको छ। कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा बाढी प्रभावित तथा पीडित परिवारका लागि उक्त रकम संकलन भएको उल्लेख छ। कोषाध्यक्ष श्रेष्ठका अनुसार […]

१ हजार दिनभित्र भूमिहीनको समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने दाबी गरेका छन्।  सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले सात दशकदेखि समाधान हुन नसकेको भूमिहीनको समस्या अब परिणाममुखी ढंगले अघि बढाइएको बताएका हुन्। प्रधानमन्त्री शाहका अनुसार हालसम्म देशभरबाट १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको […]

१० दिनमा ‘बाः एक योद्धा’को कमाइ करिब २ करोड

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चाररपाँच दिन पछिबाट […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं