काठमाडौँ । भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै […]
नयाँ दिल्ली । प्रश्नपत्र चुहावट प्रकरणमा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि यतिखेर जन्तर मन्तरमा भारतीय विधार्थीहरूले विजयोत्सव मनाइरहेका छन् । शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जालमार्फत आफूले राजिनामा दिएको र प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजिनामा पत्र बुझाएको जानकारी गराएलगत्तै जन्तर मन्तर, नयाँ दिल्लीमा धर्नामा बसेका विद्यार्थीहरूले खुसीयाली मनाएका हुन् । मन्त्री प्रधानको राजीनामा आएपछि कक्रोच जनता पार्टी […]
काठमाडौं । भारतमा जारी युवा आन्दोलनकाबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । शनिबार दिउँसो प्रधान आफैले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा लामो समयदेखि युवाहरुको संगठन कक्रोच जनता पार्टी (सिजेपी)ले शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आएको थियो । उनको राजीनामा माग्दै नयाँ दिल्लीको जन्तर मन्तरमा ३६ दिनदेखि विरोध […]
पेरिस । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका छन्। उनले छिटै यो निर्णयको कार्यान्वयन गरी १५ वर्षमुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख […]
भारत । विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीबारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष […]
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पत्तिमा हुने कुनै पनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् कि अब उप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने […]
काठमाडौं । बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो। ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रप्रमुखको औपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालका दौरान सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत […]
पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदबीच बिहीवार टेलिफोन वार्ता भएको छ । सो क्रममा दुवै नेताले क्षेत्रीय सुरक्षा र सामुन्द्रिक स्थिरताका लागि निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री सरिफले लाल सागरमा साउदी तेल ट्याङ्करहरूमाथि हुथी विद्रोहीहरूले गरेको आक्रमणको निन्दा […]
काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता तथा लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास क्षेत्र नजिकै प्रदर्शन गर्ने क्रममा गान्धीसहित काँग्रेसका केही शीर्ष नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काँग्रेसका सांसदहरूले मंगलबार दिउँसो दिल्लीस्थित लोक कल्याण मार्गमा रहेको प्रधानमन्त्री […]
सिक्किम। भारतको सिक्किम राज्यमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना श्रमिकको मृत्यु भएको छ। दुर्घटनापछि अझै १५ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ भने विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्। सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी स्वामित्वको जलविद्युत् परियोजनाको सुरुङमा काम भइरहेका बेला दुर्घटना भएको हो। घटनापछि प्रारम्भिक रूपमा […]