विराटनगर । भुटानको मो छू नदीमा गएराति एक्कासी ठूलो बाढी आएको छ । बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा क्षति पुर्याउनुको साथै गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । बाढीको कारण हिमताल विष्फोटको आशंका गरिएको भुटानका सरकारी अधिकारीले जनाएका छन् । आकस्मिक बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने बाटोमा रहेका सामुदायीक वन अतिक्रमण गरी धमाधम घरटहरा निर्माण हुन थालेका छन् । काफ्लेपाटी भन्दा माथि, ठूलो फेदी भन्दा मुनीको स्थानमा मात्रै ४० वटा घर–टहरा निर्माणका लागि धमाधम घडेरी सम्याउने र घर निर्माण गर्ने कार्य भइरहेको छ । यो सबै क्षेत्र सामुदायिक वन भित्र पर्छ र […]
विराटनगर । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पदको दुरुपयोग गर्दै बिचौलियालाई सूचना पठाउने गरेको र प्रधानमन्त्री बालेनको समेत निगरानी गरेको खुलाशा भएको छ । यसकै कारण उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ । उनीमाथि भइरहेको छानबिनका क्रममा विभिन्न व्यक्तिसँग भएको सम्पर्क र सूचना आदानप्रदानलाई समेत अनुसन्धानको दायरामा ल्याइएको स्रोतको दाबी छ […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आफैँमा कलाकार उत्पादन गर्ने उर्वर थलोका रूपमा परिचित छ। कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा यो सहरले थुप्रै प्रतिभा जन्माएको छ। तर रंगमञ्चमा नियमित रूपमा नाटक मञ्चन हुने क्रम भने अपेक्षाकृत कम छ। पछिल्लो समय भने विराटनगरका दर्शक पनि रंगमञ्चमा झुम्न थालेका छन्। त्यही माहौलमा शनिवार वीरेन्द्र सभागृहमा मञ्चित […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ । सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिको बुधबार बसेको बैठकमा नेप्सेको कार्यक्षमता र सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइने जानकारी दिए । भट्टले […]
विराटनगर । वर्षा भर्खरै थामिएको थियो । विराटनगर वर्षा र मन्द हावाले केही शीतल थियो । त्यही मौसममा कास्की–तनहुँको दमौलीदेखि आफैं कार चलाएर माओत्से गुरुङ विराटनगर ओर्लिए । मन्द मुस्कुराउँदै, ‘‘हाज’ विराटनगर शित्तल रहेछ, पहिले त गर्मी थियो ।’ उनको त्यो मुस्कान र विराटनगरको शित्तल अनुभुति गर्न उनी बाहेक पहिले आएका कलाकार थिएनन् । चलचित्र […]
म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको छु। आज यहाँ उभिएर केवल विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रका आशाहरूबारे कुरा गर्न पाएको भए कति राम्रो हुन्थ्यो। तर त्यसको सट्टा, आज मैले भयावह स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको छ। ती परिवारहरूबारे, […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको सन्दर्भ उल्लेख गर्दै हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए […]
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको २० वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो । संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उनीहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो […]
विराटनगर । सुनसरीको देवानगन्जमा शनिवार साँझ भएको घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती फेरि सतहमा ल्याएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा दुई युवा समूहबिच भएको झडपमा २४ वर्षीय नीरजकुमार यादव घाइते भएपछि घटनाले सामाजिक सञ्जालमा समेत चर्चा पायो । सुरुमा धार्मिक समुदायबिचको झडप हुनसक्ने आशंका गरिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको पृष्ठभूमि अर्कै देखाएको […]