पर्यटन मन्त्री योगेश भट्टराईले ८ दिन ताप्लेजुङको गाउँ गाउँ भ्रमण गर्ने (भ्रमण तालिकासहित)

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कार्तिक २१ गतेदेखि २८ गतेसम्म गृह जिल्ला ताप्लेजुङका विभिन्न स्थानीय तहहरुको भ्रमण गर्ने भएका छन् । कोरोना महामारीको समय भए पनि भौतीक दुरी र स्वास्थ्य सावधानी कायम गर्दै जिल्लाका स्थानीयतहरुको विकास र आगामी योजना लगायतको विषयमा अनुगमन साथै जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया र छलफल गर्न […]

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं […]

कातिक १५ देखि १७ गतेका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कातिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास अझै भएकाले स्थगित भएको नेकपाले जनाएको छ। नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति […]

झापा घर पुगेका वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए। विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका […]

बुबा झापामा भएकाले प्रधानमन्त्रीले लगाएनन् दसैँको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘यसपाली […]

यसरी दिए राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले दसैंको शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि […]

प्रदेश १ मा नामाकरणको पुनः चर्चा, ‘सगरमाथा’ वा ‘कोशी’ नाम बलियो बन्दै

विराटनगर । प्रदेश ५ को नाम लुम्बिनी तोकिएसँगै राजधानी तोकेर पनि नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण चाँडो हुनुपने दबाब प्रदेश सरकारलाई पर्न थालेको छ । यस अघिको प्रदेश संसद अधिबेसनमानै नामाकरण टुंग्याउने तयारी गरे पनि कोरोना संक्रमणका कारण संसद अधिबेसन चाँडो स्थगित भएकाले नामाकरणको टुंगो हाल सम्म लाग्न सकेको छैन । विराटनगरलाई राजधानी […]

प्रदेश १ सरकारले संक्रमितको निःशुल्क उपचार गर्ने

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारलेनै गर्ने बताएको छ । संघीय सरकारले संक्रमित आफैले उपचार गर्नुपर्ने बताई रहँदा प्रदेश १ सरकारले भने आफ्ना नागरिको खर्च हाल सम्म आफै बेहोरेको र अब पनि उपचार निशुल्क नै गर्ने जनाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार […]

प्रदेश १ को सुरक्षा गोष्ठि सकियो, चाडपर्व केन्द्रित सुरक्षा र कोरोना नियन्त्रणका विषयमा छलफल

विराटनगर । प्रदेश १ को प्रदेश स्तरीय सुरक्षा गोष्ठि मंगलबार सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल सरकार, गृहमन्त्रालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना लगायतका प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय […]

प्रदेश १ सरकार कमिसनको चक्करमा फस्यो : प्रतिपक्षी संसद

विराटनगर । कोरोना महामारीको समयमासमेत प्रदेश सरकार कमिसनको चक्करमा फसेको आरोप प्रतिपक्षी दलका संसदले लगाएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका मन्त्री र मुख्यमन्त्रीबीचमा कसले कमिसन खाने भन्ने दुबिधाले कुनै काम पूर्ण रुपमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं