तीन देशमा हवाई सम्झौता हुँदै

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमति अवस्थामा […]

डब्लुएचओका प्रतिनिधिले प्रधानमन्त्रीलाई भने ‘नेपालमा कोरोना बढ्दो छ, आइसोलेसन बढाऔँ ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले नेपालमा कोरोनाले जटिल अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्यान्डेलरले बिहीबार बालुवाटारमा भएको भेटका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी […]

पर्यटन क्षेत्रका लागि २० अर्ब कोषको कार्यविधि छिट्टै

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि छुट्टयाएको २० अर्ब रुपैयाँ बजेट कार्यान्वयनको कार्यविधि चाँडै ल्याउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराइले मंगलबार यो जानकारी दिएका हुन्। पर्यटन क्षेत्र पुनरोत्थानका लागि २० अर्ब रुपैयाँको कोष स्थापना गरेर सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा […]

पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका : महामारीकाबीच पनि ६० प्रतिशत प्रगति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आब २०७६÷०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ […]

ओली-प्रचण्ड वार्ता सकियो : शनिबार सचिवालय बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमाले सचिवालय बैठक शनिबार बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफलमा भदौ १३ शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाउने […]

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीलाई भने ‘अस्पताल आएकाहरु उपचार नपाई फर्कनु नपरोस’

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा÷छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अस्पतालमा आउने अन्य विरामीले उपचार नपाएको र फर्कनुपरेको गुनासो बढेपछि मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका हुन् । उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल […]

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार, के अब पुन: मन्त्री बन्लान ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । ‘बाँस्कोटाले घूस लिएरखाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ । अख्तियारका पदाधिकारीको […]

प्रदेश नम्बर २ का मुख्यमन्त्री फेरिने !

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ । जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने […]

कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि महासमिति सकिएको २० महिना पूरा हुँदासमेत समायोजनलाई […]

यस्तो रिपोर्ट सहित नेकपा कार्यदलले ओली प्रचण्डलाई बुझायो प्रतिबेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्‍पन्‍न गरेर रिपोर्ट बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो। रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ। नेकपाले पार्टीमा जारी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा