भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेको आज दोस्रो दिन के–के छन् कार्यक्रम ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दैछन् । तीन दिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत पुगेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरे । भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । आज बिहान […]

गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । २०४६ सालमा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका […]

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । […]

देउवालाई महाधिवेशन उद्घाटन गर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गते हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन् । ‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु । […]

छुर्पीको अधिकारदेखि चौँरी निकासीसम्म, संसद्मा क्षितिज थेबेको माग

काठमाडौं । ताप्लेजुङका किसान तथा पशुपालकका समस्या लिएर सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ताप्लेजुङमा करिब ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको र दूधबाट वार्षिक साढे ४ लाख केजीभन्दा बढी छुर्पी उत्पादन हुने बताए। छुर्पीको बौद्धिक सम्पत्ति अधिकार संरक्षणको व्यवस्था गर्न माग गर्दै उनले कोभिड–१९ पछि चीनतर्फ चौँरी […]

अर्थमन्त्री वाग्ले ३ दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७: ३५ बजेको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा […]

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी […]

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली स्वीकृत गर्नेदेखि उच्चपदस्थ कर्मचारीको बढुवासम्मका निर्णय गरेको छ। बैठकका निर्णयअनुसार सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा […]

मन्त्रिपरिषद् निर्णय : शेयर कारोबारमा लाभ कर घटाउने

काठमाडौं । सरकारले शेयर कारोबारमा लाभ कर घटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । ‘३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ३.५ प्रतिशत लाभ कर त्यसभन्दा बढीका लागि पाँच प्रतिशत अग्रिम कर कायम गरिएको छ । यसअघि ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ७.५ प्रतिशत […]

सर्वदलीय बैठकको निर्णय : उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ। बुधबार रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्यतः दुई विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्भित्र विशेष समिति गठनका लागि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं