कांग्रेस महाधिवेशन : ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो । […]

तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। बिहीबार साँझ करिब ५ बजे अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही […]

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो। ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि बस्नेतले भने। […]

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली, ओलीले गराए शपथ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेकी छन्। पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीको कार्यकाल सकिएपछि पार्टी राजनीतिमा उनको भूमिकाबारे चर्चा […]

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी […]

एमाले स्थायी कमिटीको पहिलो बैठक आज, वरिष्ठ नेता विद्यादेवी भण्डारी सहभागी हुँदै

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ । स्थायी कमिटी गठनपछि बस्न लागेको यो पहिलो बैठक हो । गत असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित […]

कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चुन्न आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजे […]

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला प्रस्तावित

काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि भारतले दलेलालाई नयाँ राजदूत बनाउन लागेको हो । दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र […]

बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने अवधि ४५ दिनमा झारियो

काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झारेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का घटनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत यस्तो व्यवस्था गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। बैठकले राष्ट्रिय […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं