सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । सर्वदलीय बैठक आज (बुधबार) बस्दैछ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि भोटेकोशी बाढीपछि सभापति लामिछनेको आह्वानमा […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको […]

रवि लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले बुधबार बिहान ११ बजे बस्नेगरी सर्वदलीय बैठक आह्वान गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका […]

विपद् व्यवस्थापनमा सरकारको एकलौटी शैलीप्रति एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले विपद् व्यवस्थापन तथा राहत वितरणमा सरकारले देखाएको एकलौटी कार्यशैलीप्रति आपत्ति जनाएको छ। मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी उपनेता पद्मा अर्यालले विपद्को समयमा सरकारले म एक्लै काफी छु भन्ने घमण्ड गर्न नहुने बताइन्। उनले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न […]

सैनिक अस्पतालको आईसीयूमै अन्तर्वार्ता, संसद्मा उठ्यो प्रश्न

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले यसलाई गम्भीर विषय भएको बताएकी छन्। आईसीयू अस्पतालको अत्यन्त संवेदनशील कक्ष हो, जहाँ गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गरिन्छ। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिन्छ। बिरामीका […]

देउवा पक्षले १५औँ महाधिवेशनका लागि चार समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि चारवटा समिति गठन गरी संयोजक तोकेको छ। पूर्वमहामन्त्री एवं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापनमा किरणराज शर्मा, अनुशासनमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई संयोजक तोकेका हुन्। देउवा पक्षले असोज १५ गते वडा अधिवेशन र […]

प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ भन्दै हिँड्ने युवक झापामा पक्राउ

झापा । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै सरकारी कार्यालय, बैठक र विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको आरोपमा एक युवक झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले […]

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक १ बजे बस्दै छ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]

अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सितारमणको निमन्त्रणमा उनी भारत जान लागेका हुन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी सितारमणसहित उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। गत भदौ १० गते […]

संसद् अधिवेशन अन्त्यको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो। संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ। […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं