पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लिस्बन (पोर्चुगल) – सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई […]

दक्षिण कोरियाले ध्यानाकर्षण गराएपछि ईपीएस भाषा परीक्षाको आवेदनमा तोकिँदै सीमा

काठमाडाैं – दक्षिण कोरियाले वर्षैभरि भाषा परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै ईपीएस परीक्षामा सहभागी हुने नेपालीहरूको निश्चित सीमा निर्धारण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सफ्टवेयरको प्रयोग गरी आवेदकहरूको सङ्ख्या सीमित तुल्याउने प्रयास अघि बढाइएको अधिकारीहरूले बताएका छन्। अहिले करिब २० हजार कोटाका लागि १ लाख ६३ हजार जनाले निवेदन दिएपछि एउटा समूहको मात्रै भाषा परीक्षा […]

रवि लामिछाने पुनः फेसबुकमा लेख्छन्, ‘सहकारीको रकम हिनामिनामा मेरो संलग्नता छैन’

काठमाडौं । सुप्रिम सहकारीमा रकम हिनामिना प्रकरणमा नाम मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो संलग्नता नरहेको दाबी दोहोर्‍याएका छन् । आज (मंगलबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आफ्नो नाममा फर्जी खाता बनाएर ऋण प्रवाह भएको जिकिर गरेका हुन् । आफ्नो व्यक्तिगत खातामा सहकारीको पैसा नआएको उनको दाबी छ । ऋण खाता […]

वैदेशिक रोजगारी १ वर्ष : ७ लाखभन्दा बढीले श्रम स्वीकृति लिए

काठमाडौं । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात […]

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा […]

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति […]

वैदेशिक रोजगार जीवन बीमालेख निर्देशन प्रारम्भ, निषेधित मुलुकमा जानेका लागि जारी गर्न नपाइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ। बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकारी प्रयोग गरी प्राधिकरणले यो बीमालेख निर्देशन जारी गरेको हो। यो निर्देशन तुरुन्त प्रारम्भ हुनेछ। यो बीमालेख जारी गरिएको मिति र समयबाटै जोखिम प्रारम्भ भएको मानिने निर्देशनमा व्यवस्था गरिएको छ। बीमालेखको विषय, […]

अस्थायी बासिन्दाको सङ्ख्या सीमा किन तोक्दैछ क्यानडा ?

काठमाडौं । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या सीमा तोक्ने छ […]

अस्थिर आप्रवासन रोक्न न्युजिल्याण्डद्धारा कामदार भिसामा कडाइ

काठमाडौं । अस्थिर आप्रवासन रोक्न भन्दै न्युजिल्याण्डले कामदार भिसामा कडाइ गरेको छ । न्युजिल्याण्ड प्रवेश गर्ने आप्रवासीको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि आप्रवासन नीतिमा कडाइ गरेको न्युजिल्याण्डका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । कम दक्ष आवेदकहरूका लागि अब अंग्रेजी भाषा परीक्षाको मापदण्ड परिवर्तन गर्न लागिएको छ भने उनीहरूलाई पाँच वर्षको सट्टा तीन वर्षको […]

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

लिस्बन – पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं