झापा – कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। […]
झापा – दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश […]
विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ […]
ताप्लेजुङ – पाथीभरा माताको नाम लिनसाथ कसको माथ नझुक्ला र ? अनि थोरैमा पनि जीवनमा एक पटक दर्शन गर्ने चाहना सबैको हुन्छ । दसैँको छुट्टी होर या अन्य जुनै समय समूद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न जानेको लहर लामै हुन्छ । बिहानदेखि बेलुकासम्ममा दैनिकजसो १ हजारभन्दा […]
विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए । उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् । उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए […]
ताप्लेजुङ – तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । भत्किएको जमिनको बाँकी […]
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको […]
झापा – पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० […]
बीबीसी – विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन् । अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा […]
काठमाडौं – जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड – १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत – ४३,८४७,०६५ फ्रान्स – ३३,६२१,३१० ब्राजिल – ३३,५५५,५२६ जर्मनी […]