काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनी नसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको बताए । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने तथा संसद् पुन:स्थापना हुन नदिने […]
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको थियो। काठमाडौँ- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको […]
भक्तपुर । नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो। नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी […]
विराटनगर । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले नेता विनोद ढकालको नाम मोरङका ३ निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका क्षेत्रीय कमिटीहरूको बैठक आइतबार बसेको थियो । बैठकले सबै निर्वाचन क्षेत्रबाट जम्मा ४३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा, ढकालको नाम क्षेत्र नं. १, […]
ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ताप्लेजुङले एमाले उपमहासचिव योगेश भट्टराईसहित ५ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको छ । शनिवार बसेको जिल्ला कमिटी बैठकले योगेश भट्टराई, तिलकुमार मेन्याङ्वो, छितिज थेबे, टंक आंबुहाङ लिम्बु र भीमा ओझाको नाम सिफारिस गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष दिपेन पोमुले जानकारी दिए । उनीहरूको नाम प्रदेश र […]
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ पुगेका छन् । नेकपा एमालेको ११औं महाधिवेशमा उपमहासचिव पदमा निर्वाचित भएपछि उनी शुक्रबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला पुगेका हुन् । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फको नाम सिफारिस गर्न शनिबार नेकपा एमाले जिल्ला कमिटीको बैठक बस्ने भएकाले उक्त बैठकमा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘विध्वंसकारी’ भन्दै टिप्पणी गरेका छन् । प्रदेशस्तरीय सुरक्षा बैठकलाई बुधवार सम्बोधन गर्दै उनले पछिल्लो समयको ‘जेन–जी’ आन्दोलनलाई सुधारभन्दा विनाशकारी गतिविधि भएको बताएका हुन् । उनले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘कार्यकर्ता’को संज्ञा दिए । आफ्नो विद्यार्थी जीवनको स्मरण गर्दै उनले […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका छन्। निर्वाचन आयोगको कालोसूचीमा काँग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन्। गत २०७९ सालको निर्वाचनमा काठमाडौँ-४ मा काँग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार […]
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् । मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै आफूले पूर्णबहादुरलाई नै समर्थन गर्ने बताए । ‘मैले पूर्णबहादुरलाई नै सहयोग […]
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् । लेखकले आज भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् । “मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं […]