विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी मेन्याङ्बो पक्राउ पछि जेल चलान्

ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बोलाई प्रहरी पक्राउ गरी जेल चलान गरेको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवाबाट लुकिछिपी हिड्दै गरेको अवस्थामा मेन्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक […]

प्रदेश १ मा कोरोना : मोरङमा ४१ सहित ४६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १/१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, […]

सिन्धुपाल्चोक पहिरो अपडेट : दुईजनाको शव भेटियो, २२ बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाह्रविसे नगरपालिका ७, घुम्थाङको नागपुजेमा गएराति झरेको पहिरोले १८ घर बगाएको थियो । फेला परेको शव नागपुजेका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कका जुनु श्रेष्ठको रहेको बताईएको छ । स्थानीय प्रशासनका […]

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर । मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक महिलाको मृत्यू भएको छ । शनिबार को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको आईतबार मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार ठाकुरलाई विराटनगर–१० शान्ति चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा न्युरो […]

झापामा थप एक पीसीआर ल्याव सञ्चालनमा ल्याईदै, मंगलबार उद्धघाटन

बिर्तामोड । झापामा थप एक पीसीआर ल्याव सञ्चालनमा ल्याउने तयारी भएको छ । झापाको कनकाई नगरपालिका स्थित कोटीहोमा रहेको समपर्ण राष्ट्रिय भवनमा ल्याव राखिने र त्यसको उद्धघाटन मंगलबार गरीने कनकाई नगरपालीकाले जनाएको छ । शनिबार कनकाई नगरपालिकामा बसेको पीसीआर ल्याव संचालन सहयोग एवं व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । […]

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, १८ घर पुरिए, घरका सबै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाह्रबिसेमा गएराति गएको पहिरोमा १० घर पुरिएका छन् । घरमा भएका सबैजना बेपत्ता रहेको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिए । उक्त स्थान बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा हो । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही […]

परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्ने

काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डले विवरण संकलन गर्ने भएको छ । रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्ने बताईएको छ । सात दिनभित्र बोर्डको […]

संक्रमितलाई अर्कै ग्रहबाट आएको जस्तो गर्दा कोरोना भयावह बन्यो : दुर्गा प्रसाई

बिर्तामोड । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोना संक्रमण र संक्रमितलाई हेर्ने दृष्टिकोणमा सुधार नभएकाले यो भयावह भएको बताएका छन् । संक्रमितलाई समाजमा अर्कै ग्रहबाट आएको जस्तो गर्ने, संक्रमण देखिदा के के न भए जस्तो गरी बढी हल्ला फैलाउने भएकाले पनि यसले मानिसको मनस्थिती र समाजमा गलत प्रचार भएको उनको भनाई छ । श्निबार […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ३ संक्रमितको मृत्यु, ७७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा […]

विराटनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक व्यक्तिको शनिबार दिउँसो मृत्यू भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई भदौ २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो । जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार शनिबार दिउँसो १२ः३० बजे ति पुरुषको उपचारका क्रममा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा