काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणसँग सम्बन्धित सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वाग्लेले उक्त दस्ताबेजमाथि छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव दर्ता गरेका हुन्। संसदीय प्रक्रियाअनुसार बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलपछि सरकारले आगामी बजेटमा समेटिनुपर्ने विषयमा संसदबाट सुझाव प्राप्त गर्ने व्यवस्था रहेको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेशको आर्थिक विकास र चलायमान अर्थतन्त्रका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योगी व्यवसायीलाई डर र असुरक्षाको वातावरण सिर्जना हुन नदिने स्पष्ट पार्दै निजी क्षेत्रलाई विश्वासमा लिएर […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ आज पनि नदिने भएका छन् । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ । प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो । आज बिहान आएको कार्यसूचीमा प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो […]
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् । प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका छन् । […]
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । […]
काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् । उनीहरूले अहिले […]
काठमाडौं । संघीय सरकारका मन्त्रालयहरूको संख्या १७ वटा बनाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने भएको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो । सरकारले […]
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ । बैठकबाट केही नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बोलाउने निर्णय गरेको थियो । भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा […]