ताप्लेजुङ – जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो । जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताउनुभयो […]
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन […]
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ […]
काठमाडौं – आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
काठमाडौँ – उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक […]
काठमाडौं – नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]
काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले कांग्रेस सांसद गगनकुमार थापाले संसदमा दिनुभएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ । स्वास्थ्यमा देखिएको समस्याका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बसेर गर्नुभएको सम्बोधनलाई थापाले व्यंग्य गर्नुभएको थियो । यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गनुएभएको छ । स्वास्थ्यका कारणले बसेर […]
काठमाडौं – देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो […]
काठमाडौं – काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन) विजयी बने । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको विजय सँगै चर्चा चुलिएको छ भने, उनलाई शुभकामना दिने पनि उक्तिकै छन् । यसै क्रममा उनकी श्रीमती सविना काफ्लेले पनि श्रीमानलाई सुझाव दिँदै लेखेकी छन् । उनी लेख्छिन् ः आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो […]