Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो। मृतक अवकाश प्राप्त शिक्षक हुन्।

उपचारका लागि अस्पताल ल्याइपु¥याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले दिए।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो।

परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका उनको स्वाब संकलन गरेर भदौ ४ गते परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो।

रिपोर्ट आइतबार दिउँसो ३ बजे मात्रै पोजेटिभ आएको थियो। दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो। स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन्।

मृत्यु भएका पुरुषसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना संक्रमितको ज्यान गइसकेको छ।

यसअघि विद्युत् प्राधिकरणका प्राविधिक विराटनगर–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको थियो।

हालसम्म कोरोनाबाट संक्रमित विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ।

कोशी अस्पतालमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सात जनाको मृत्यु भएको थियो।

विराटनगर – ६ का एक जना संक्रमितको घरमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं